प्रथम कोशी प्रदेश खेलकुद महोत्सव: टेबल टेनिस प्रतियोगिता सम्पन्न

<span class='c1'>प्रथम कोशी प्रदेश खेलकुद महोत्सव:</span> <span class='c2'>टेबल टेनिस प्रतियोगिता सम्पन्न</span>

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा आयोजित प्रथम कोशी प्रदेश खेलकुद महोत्सव-२०८१ अन्तर्गत टेबल टेनिस प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा प्रदेशका १३ जिल्लाका खेलाडीहरूबीच पुरुष टीम, महिला टीम, पुरुष एकल र महिला एकल गरी चार वटा इभेन्टमा प्रतिस्पर्धा भएको थियो।

पुरुष टीमतर्फ मोरङले प्रथम स्थान हासिल गर्‍यो भने सुनसरी द्वितीय स्थानमा रह्यो। इलाम र भोजपुरले संयुक्त रूपमा तृतीय स्थान प्राप्त गरे।

महिला टीमतर्फ झापा प्रथम, सुनसरी द्वितीय, तथा संखुवासभा र मोरङले संयुक्त रूपमा तृतीय स्थान हासिल गरे।

पुरुष एकलतर्फ सुनसरीका सिद्धार्थ तामाङले स्वर्ण पदक जिते। भोजपुरका नामसाम राई द्वितीय स्थानमा रहे भने मोरङका सुशान्त मेहता र यथार्थ आचार्यले संयुक्त रूपमा तृतीय स्थान प्राप्त गरे।

महिला एकलतर्फ झापाकी सिक्का सुवाल श्रेष्ठले प्रथम स्थान हासिल गरिन्। सोही जिल्लाकी इभाना थापा द्वितीय स्थानमा रहिन् भने संखुवासभाकी बियाङ्का राई र सुनसरीकी अन्जली ठाकुरले संयुक्त रूपमा तृतीय स्थान प्राप्त गरे।

एकल प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्ने खेलाडीहरूले नगद रु. २०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे। द्वितीय स्थान हासिल गर्नेहरूले रु. १०,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र पाए भने तृतीय स्थान प्राप्त गर्नेहरूले जनही रु. ५,०००/- सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्