दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै

<span class='c1'>दोस्रो वीरगञ्ज गोल्डकपको फाइनलमा मच्छिन्द्र र</span> <span class='c2'>नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै</span>

वीरगञ्ज (पर्सा) । दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधिका लागि मच्छिन्द्र क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । वीरगञ्जको आर्दशनगर रङ्गशालामा शनिबार दिउँसो उपाधिका लागि दुवै टिम आमनेसामने हुने भएका छन् ।

मच्छिन्द्र क्लबले क्वाटरफाइनलमा चर्च ब्वाइज युनियन क्लबलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनमा प्रवेश गरेको थियो । मछिन्द्रले सेमिफाइन खेलमा सहलेश फुटबल क्लब सिराहालाई ३–१ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

नेपाल पुलिस क्लबले पनि क्वाटरफाइनलमा बागमती युथ क्लब सर्लाहीलाई २–१ गोलअन्तरले हराउँदै सेमिफाइनलको यात्रा तय गरेको थियो । नेपाल पुलिस क्लवले सेमिफाइनलमा आयोजक वीरगञ्ज युनाइटेड क्लबलाई ट्राईब्रेकरमा ७–६ गोलअन्तरले हराउँदै फाइनलसम्मको यात्रा तय गरेको हो ।

नेपाल पुलिस क्लबका कप्तान रामचन्द्र वाजीले पुलिस क्लबले वीरगञ्ज गोल्डकपमा पहिलो संस्करणमा जस्तै उत्कृष्ट खेल खेल्दै उपाधि उचाल्ने दावी गर्नुभयो । “हामीले पहिलो संस्करणको वीरगञ्ज गोल्डकपको उपाधि हात पारेका थियौं । यो वर्ष पनि उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिनेछौँ”, उहाँले भन्नुभयो, “भोलिको खेलमा जित्ने रणनीतिसहित मैदानमा खरो उत्रिनेछौँ ।”

मच्छिन्द्र क्लवका कप्तान विशाल श्रेष्ठले पनि पछिल्ला दुई प्रतियोगिताको लगातार उपाधि मच्छिन्द्र क्लबले जितेकाले पनि वीरगञ्ज गोल्डकप पनि आफ्नो टिमले जित्ने गरी खेल पस्किने जानकारी दिनुभयो । “हामीले भोलिको फाइनल खेल सम्मानजनक खेल खेल्दै उपाधि रक्षा गर्ने रणनीति बनाएका छौँ”, उहाँले भन्नुभयो, “हाम्रोतर्फबाट भोलिको खेल उत्कृष्ट खेल्नेछौँ ।”

शुक्रबार नै दुवै टिमका कप्तानले दोस्रो वीरगञ्ज गोल्डकपको ट्रफी समेत सार्वजनिक गरेका थिए । प्रतियोगिताको बिजेताले रु ११ लाख ११ हजार एक सय एघार,ट्रफी,मेडल र प्रमाणपत्र र उपबिजेता हुने टोलीलाई रु पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिनेछ।

प्रतियोगिताको सर्वाेकृष्ट खेलाडीलाई स्कुटर प्रदान गरिनेछ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक र उत्कृष्ट प्रशिक्षकलाई जनही रु २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2