विराटनगर । नेकपा एमाले मोरङको जिल्ला सदस्यमा योगेन्द्र प्रसाद सुवेदी निर्वाचित भएका छन् ।
बेलबारी नगरपालिका-३ का सुवेदी ३२९ मत ल्याएर जिल्ला सदस्यमा निर्वाचित भएक हुन् ।
सुबेदी बेलबारी नगरपालिका-३ का दुई कार्यकालका अध्यक्ष समेत रहेका उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । सुवेदी बेलबारी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका उनी लायन्स क्लब बेलबारीका पूर्व अध्यक्ष पनि हुन् ।