च्याम्पियन्स ट्रफीको फाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

<span class='c1'>च्याम्पियन्स ट्रफीको फाइनलमा आज</span> <span class='c2'>भारत र न्युजिल्यान्ड भिड्दै</span>

काठमाडौं । आइतबार हुने च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र न्युजिल्यान्ड प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई तथा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएर फाइनल भेट पक्का गरेका हुन् । भारत र न्युजिल्यान्डको फाइनल खेल आइतबार दिउँसो नेपाली समयअनुसार २ः४५ बजे यूएईको दुवई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ ।

पहिलो सेमिफाइनलमा भारतले अस्ट्रेलियालाई चार विकेटले हराउँदै फाइनल यात्रा तय गरेको हो । सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २६५ रनको लक्ष्य भारतले ४८.१ ओभरमा ६ विकेट गुमाएर २६७ रन बनाउँदै पूरा गरेको थियो ।

त्यसैगरी दोस्रो सेमिफाइनलमा सुरुमा ब्याटिङ गरेको न्युजिल्यान्डले ६ विकेटको क्षतिमा ३६२ रनको विशाल योगफल बनाएको थियो। जवाफी ब्याटिङ गरेको साउथ अफ्रिका पूरै ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा ३१२ रनमा समेटिएको थियो । न्युजिल्यान्ड अफ्रिकालाई ५० रनले हराउँदै फाइनल पुगेको हो ।
न्युजिल्यान्ड उपाधि उचाल्दै इतिहास निर्माण गर्न चाहन्छ । उसका लागि समूह चरणमा भारतसँग भोगेको पराजयको चुनौती दिनुपर्ने बाध्यतासमेत रहेको छ ।
यता समूह चरणमा पराजित गरेको न्युजिल्यान्डमाथि सहज जित निकाल्दै भारत उपाधि उचाल्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्