वर्ल्डलिंकले नयाँ तथा सेवा नवीकरण गर्ने १० ग्राहकलाई आइफोन १६ उपहार दिने

<span class='c1'>वर्ल्डलिंकले नयाँ तथा सेवा नवीकरण गर्ने</span> <span class='c2'>१० ग्राहकलाई आइफोन १६ उपहार दिने</span>

विराटनगर । वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले नयाँ ग्राहक एवं सेवा नवीकरण गर्दा १० भाग्यशाली ग्राहकलाई आइफोन–१६ उपहार दिइरहेको छ । फागुन १८ गतेदेखि २७ गतेसम्म उपहार प्रदान गर्ने कम्पनीले जनाएको हो ।

वर्ल्डलिंकले १० लाख ग्राहक घरधुरी संख्या पुग्न लागेको अवसरमा नयाँ सेवा एवं नवीकरण गर्दा भाग्यशाली १ जनालाई हरेक दिन आइफोन–१६ उपहार दिने घोषणा गरेको हो । १० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा सेवा पुग्नुमा ग्राहकहरूको अतुलनीय योगदान रहेको वर्ल्डलिंकले जनाएको छ ।

‘कम्पनीले प्रदान गर्दै आएको गुणस्तरीय सेवा र ग्राहकहरूको उल्लेख्य सहभागीताले स्थापनाको छोटो समयमा नै हामी १० लाख घरधुरीमा पुग्न सफल भएका छौं । सो अवसरमा नयाँ सेवा लिने र नवीकरण गर्ने कम्तीमा १० जना सेवा ग्राहीलाई आइफोन १६ उपहार घोषणा गर्न पाउँदा खुसी छौं,’ वर्डलिंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वर्ल्डलिंकले मुलुकका ७४ जिल्लामा आफ्नो सेवा विस्तार गरेको छ । १० लाख घरधुरीसम्म आफ्नो सेवा विस्तार र कम्तीमा ५० लाख नागरिकको संख्यामा वर्ल्डलिंकको सेवा पुग्नु सफल उदाहरण भएको भन्दै कम्पनीले खुसी व्यक्त गरेको छ । मेचीदेखि महाकालीसम्म हिमाल, पहाड र तराई सबै क्षेत्रमा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ। मुलुकका ७४ जिल्लामा वर्ल्डलिंकले आफ्नो सेवा विस्तार गरेको छ।

इन्टरनेट सेवालाई दुरदराज र ग्रामीण भेगमा थप विस्तार गर्ने र आम नेपालीको पहुँचमा पुर्‍याउने पनि वर्ल्डलिंकको प्रतिबद्धता छ । फागुनको अन्त्यसम्ममा १० लाख घरधुरी पुर्‍याउने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्