‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा मोरङकी निशा कार्की उत्कृष्ट १२ मा, भोट गर्न आग्रह

<span class='c1'>‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा मोरङकी निशा</span> <span class='c2'>कार्की उत्कृष्ट १२ मा, भोट गर्न आग्रह</span>

विराटनगर । गायन रियालिटी शो ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा मोरङकी निशा कार्की उत्कृष्ट १२ मा प्रवेश गरेकी छिन्।

मोरङको ग्रामथान गाउँपालिका-६ निवासी कार्कीले विभिन्न प्रतिस्पर्धीहरूलाई पछि पार्दै प्रतियोगिताको भोटिङ राउण्डमा स्थान बनाउन सफल भएकी हुन्।

कार्कीले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो पक्षमा भोट गर्न आग्रह गरेका छन्। भोट गर्न चाहनेहरूले AVENTOZ APP एप डाउनलोड गरी, भोटिङ्गमा गई ‘सिङ्गिङ स्टार नेपाल सिजन १’ मा गई त्यसपछि निशा कार्कीको फोटोमा गई "Vote Now " मा गएर भोट गर्न सकिने कार्कीले बताईन।

कार्की बाल्यकालदेखि नै गायन क्षेत्रमा रूची राख्थिन। गायन क्षेत्रप्रतिको उच्च लगावले उनी हालै भइरहेको प्रतियोगितामा टप १२ मा पर्न सफल भएकी हुन्। हाल उनी सुकुना बहुमुखी क्याम्पसमा, बिबिए आठ सेमेस्टरमा अध्ययनरत छिन्। आफूले बाल्यपनदेखि नै गायन क्षेत्रलाई माया गरेको र यस क्षेत्रमा निरन्तर लागिपर्ने साथै भईरहेको प्रतियोगितामा आफूलाई भोट गरेर जिताउन समेत अपिल गरेकी छिन्।
उनले विभिन्न कभर गीतहरू साथै अफिसियल गित पनि गाइसकेकी छिन्। उनको गीतको मिठासले सामाजिक सञ्जाल टिकटकमा राम्रो स्थान पाईरहेको छ।

उक्त शोमा जजको भूमिकामा गायिका त्रिशला गुरुङ, संगीतकार अर्जुन पोखरेल र गायक सनुप पौडेल छन् । मौलिक नेपाली शो बताइएको यो शो प्रत्येक शनिबार र आइतबार राति ९: ०० बजे प्राइमटाइम्स एचडी टिभीबाट हेर्न सकिनेछ। ‘सिङ्गिङ स्टार नेपाल’ को उद्देश्य नेपाली संगीतप्रेमी दर्शकलाई मनोरञ्जन मात्र होइन, नेपाली सङ्गीत क्षेत्रका लागि नयाँ प्रतिभाशाली गायकरगायिका खोज्ने पनि हो। ‘सिङ्गिङ स्टार नेपाल’ ले नेपाली सङ्गीत क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।

उनलाई सहयोग गर्न यसरी गर्नुहोस् भोटः

भोट गर्नका लागि:
१.WWW.AVENTOZ.COM type गर्नुहोस् वा PlayStore
बाट AVENTOZ APP डाउनलोड गर्नुहोस्।
२. त्यसपछि तल "Voting" मा थिच्नुहोस्।
३."Singing Star Nepal " मा जानुहोस्।
४.त्यसपछि निशा कार्की को फोटोमा गई "Vote Now " थिच्नुहोस्।
५ त्यसपछि ई-सेवा वा खल्ती एपमार्फत भोट गर्न सक्नुहुने छ ।

फागुन २८ गते बुधबार अपराह्न १२ :०० बजेसम्म मात्र भोटिङ गर्न सकिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्