मोरङको बूढीगंगामा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु

<span class='c1'>मोरङको बूढीगंगामा एम्बुलेन्स</span> <span class='c2'>दुर्घटना, चालकको मृत्यु</span>

विराटनगर, चैत्र ३ ,
मोरङको बूढीगंगा गाउँपालिका–३ स्थित महालक्ष्मी वायरअगाडि शनिबार राति एम्बुलेन्स दुर्घटना हुँदा चालकको ज्यान गएको छ। कोशी राजमार्गमा राति १०:४५ बजेतिर मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङ लेखिएको को १ च ४७७४ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटनामा परेको हो।

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार दुर्घटनामा परी उदयपुरको पञ्चावती घर भई मोरङको बूढीगंगा–२ मा बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ भुवन श्रेष्ठको नेतृत्वमा पुगेको टोलीले गम्भीर घाइते अवस्थाका चालक राईलाई उद्धार गरी उपचारका लागि विराट शिक्षण अस्पताल पुर्‍याएको थियो। तर, अस्पतालमा राति ११:०५ बजेतिर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार, दक्षिणबाट उत्तरतर्फ तीव्र गतिमा जाँदै गरेको एम्बुलेन्स अनियन्त्रित भई डिभाइडरमा ठोक्किएर दुर्घटनाग्रस्त भएको हुनसक्ने अनुमान गरिएको छ। एम्बुलेन्समा चालक मात्र रहेको प्रहरीको भनाइ छ।

घटनास्थलबाट गम्भीर क्षति पुगेको एम्बुलेन्स इलाका प्रहरी कार्यालय नेमुवाको नियन्त्रणमा राखिएको छ। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्