कोमात्सुको पीसी २०५-१० एमजिरो एक्स्काभेटर सार्वजनिक

<span class='c1'>कोमात्सुको पीसी २०५-१०</span> <span class='c2'>एमजिरो एक्स्काभेटर सार्वजनिक</span>

विराटनगर । निर्माण क्षेत्रमा प्रयोग हुने विभिन्न हेभी इक्विप्मेन्टअन्तर्गत कोमात्सु कम्पनीको नयाँ मोडलको एक्स्काभेटर शुक्रबार साँझ मोरङको विराटचोकमा औपचारिक रुपमा सार्वजनिक गरिएको छ ।

नेपालका लागि कोमात्सु हेभी इक्विप्मेण्टको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिले अत्याधुनिक स्याटेलाइट मोनिटरिङ प्रणालीसहितको पीसी२०५-१०एमजिरो मोडलको एक्स्काभेटर सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको नयाँ मोडलको एक्स्काभेटर इन्धन खपतमा किफायती र उच्चतम् कार्यक्षमताको भएको कम्पनीले जनाएको छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टका अनुसार कोमात्सु पीसी२०५-१०एमजिरो बलियो, इन्धन कम खपत गर्ने र नेपालको जुनसुकै भूगोलका लागि सुहाउँदो हाइड्रोलिक उत्खनन्कर्ता एक्स्काभेटर हो । जुन मेसिन नेपालको निर्माण क्षेत्रको आवश्यकताहरू पूरा गर्नेगरी नयाँ डिजाइन गरिएको उनले बताए । यो मेसिनको सुरुको लागत र त्यसपछिको सञ्चालन खर्च पनि अविश्सनीय किफायती रहेको कम्पनीको भनाइ छ । नेपालको पूर्वाधार क्षेत्रमा जुनसुकै भूगोलमा पनि यो उपकरण बरदान सावित हुने कम्पनीको दावी छ ।

कोमात्सु हेभी इक्विप्मेन्ट श्रेणीमा विश्वभर ख्याति कमाएको जापानिज कम्पनी हो । यो कम्पनीले भारतसहित दक्षिण एसियाली मुलुकको निर्माण क्षेत्रको आवश्यकता पूरा गर्नका लागि चेन्नईमा एसेम्बलिङ प्लान्ट राखेको छ । जसले गर्दा लामो दुरीको ढुवानी खर्च कम भई मेसिनको डेलिभरीसमेत छिटो हुने गरेको कम्पनीले जनाएको छ । मुख्य इन्जिन भने प्यारेन्ट कम्पनीबाटै आउने भएकाले संसारभरि नै कोमात्सु कम्पनीका हेभी इक्विप्मेन्टका उपकरणहरूको गुणस्तर समान हुने कम्पनीको भनाइ छ ।

शुक्रबार सार्वजनिक गरिएको नयाँ उपकरण पीसी२०५-१०एमजिरो मोडलको एक्स्काभेटर नेपाली सडकको औसत क्षमताअनुसार २१ टनको हो । यो उपकरण हेभी ड्यूटीका जुनसुकै काममा प्रयोग गर्न सकिने कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका कार्यकारी निर्देशक टंकप्रसाद भट्टले बताए ।

नयाँ उपकरण सार्वजनिक गर्न मोरङको विराटचोकस्थित होटल नेपालरिकामा आयोजित कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिका अध्यक्ष सुहृदयराज घिमिरे र राउत कन्ट्रक्सन सर्भिसेज प्रालिका अध्यक्ष राजेन्द्र राउतलगायत कम्पनीका बोर्ड अफ डाइरेक्टरहको उपस्थिति थियो । त्यस्तै पूर्वाधार तथा निर्माण क्षेत्रमा कार्यरत विभिन्न व्यवसायीहरूको पनि बाक्लो सहभागिता थियो ।

हेभी इक्विप्मेन्टतर्फ कोशी तथा मधेस प्रदेशमा ख्याति जमाएको मोरङस्थित राउत कन्ट्रक्सन सर्भिसेज प्रालि विगत २१ वर्षदेखि कोमात्सु कम्पनीको हेभी इक्विप्मेन्ट उपकरणहरूको बिक्री तथा सर्भिसिङ सेवा दिंदै आएको कम्पनी हो । यो कम्पनीले निर्माण क्षेत्रको मागअनुसार मेसिनहरूको हाइरिङ सुविधा पनि उपलब्ध गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्