पोखरेलको ‘समदृष्टि’ समालोचना संग्रह विमोचन

<span class='c1'>पोखरेलको ‘समदृष्टि’ समालोचना</span> <span class='c2'>संग्रह विमोचन</span>

विराटनगर । साहित्यकार बाबुराम पोखरेलद्वारा लिखित ‘समदृष्टि’ समालोचना संग्रह विराटनगरमा विमोचन गरिएको छ ।

पूर्वाञ्चल साहित्य प्रतिष्ठानले शनिबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यकार प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, डा. हरिहर भण्डारी, साहित्यकार बलराम पोखरेल, गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष भूषण ढुंगेल, प्रा.डा. गोपाल दाहाल, नेपाल स्रष्टा समाज कोशी प्रदेश अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, साहित्यकार एनपी आचार्य, प्रा.डा. मेदिनीप्रसाद शर्मा नेपाल, विराट साहित्य संगमका अध्यक्ष मधु पोखरेललगायतले पुस्तक विमोचन गरे ।

संग्रहमा पोखरेलले साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि भूपि शेरचन हुँदै नयाँ पुस्ताका लेखकका व्यक्तित्व र कृतित्वमाथि समाचोलना गरेका छन् । पूर्वाञ्चल साहित्य प्रतिष्ठानको १०७ कृतिका रुपमा प्रकाशित ‘समदृष्टि’ समालोचना संग्रहमाथि साहित्यकार हरि कट्टेलले समीक्षा गरे । समीक्षक कट्टेलले समालोचना गर्नु अरु साहित्य लेखेको जस्तो सजिलो नहुने बताए । उनले अरुले लेखेको कृति केस्रा–केस्रा केलाएर समालोचना गर्नु सामान्य बौद्धिकताले नभ्याउने उनको टिप्पणी थियो । पोखरेलको ‘समदृष्टि’ निकै उत्कृष्ट संग्रहका रुपमा आएको कट्टेलले बताए । उनले अब साहित्यकार पोखरेलले आफूलाई समालोचकका रुपमा समेत प्रभावकारी रुपमा प्रस्तुत गरेको उल्लेख गरे ।

कार्यक्रममा प्रमुख अतिथि प्राडा देवी नेपाल, विशिष्ट अतिथि प्राध्यापक कविराज न्यौपाने, समालोचक प्राडा गोपाल दाहाल, आयोजक संस्थाका कार्यबाहक अध्यक्ष भूषण ढुंगेल, महासचिव गोकुल अधिकारी, सचिव मीनकुमार नवोदितलगायतले ‘समदृष्टि’ समालोचना निकै बौद्धिक र गहन रुपमा आएको बताए । पोखरेलले आफूलाई अब समालोचकका रुपमा समेत उभ्याएकोमा उनीहरुले खुसी व्यक्त गरे । लेखक पोखरेलले आफूले निकै मेहेनत गरेर समालोचना संग्रह तयार पारेको जानकारी दिए । पोखरेल नेपाल मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्षसमेत हुन् । उनी विशेषतः मुक्तक लेख्न रुचाउँछन् । उनका यसअघि मुक्तकसहित विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्