विराटनगर । ग्लोबल मनी विक’ अन्तर्गत सांग्रिला डेभलपमेन्ट बैंक शाखा कार्यालय टंकीसिनवारीले वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको छ ।
विराटनगरमा रहेको कोशी मोडल क्याम्पस वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो । "Global Money Week – 2025" को अवसरमा आयोजित यो कार्यक्रमले युवा विद्यार्थीहरूलाई वित्तीय ज्ञान प्रदान गर्न र डिजिटल बैंकिङ्गको महत्व बुझाउन केन्द्रित थियो।
उक्त कार्यक्रमको प्रशिक्षण शाखा प्रमुख अनिल कुमार यादव र श्रृण अधिकृत खगेन्द्र पराजुलीले गरेका थिए। उक्त कार्यक्रममा ५५ जनाको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूका लागि विशेष रूपमा डिजाइन गरिएको यो तालिमले बचत गर्ने बानी, लगानीका अवसरहरू, तथा डिजिटल बैंकिङ्ग सेवाहरूको उपयोगबारे जानकारी प्रदान गर्यो। सहभागीहरूले कार्यक्रम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिए। उनीहरूले भने, "यो प्रशिक्षणले हाम्रो आर्थिक निर्णय क्षमता सुधार्न धेरै मद्दत गरेको छ।"
यही चैत १० गतेसम्म सञ्चालन हुने कार्यक्रम अन्तर्गत राष्ट्र बैङ्कको संयोजनमा मुलुकभर वित्तीय सचेतना अभिवृद्धिमा सहयोग पुग्ने किसिमका चेतनामूलक कार्यक्रम सञ्चालन हुने जनाइएको छ । ‘ग्लोबल मनी विक’ मूलतः किशोर/किशोरी तथा युवा/युवतीमा वित्तीय शिक्षाको महत्व बारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा यो अभियान थालिएको हो ।
अर्गनाइजेसन फर इकोनोमिक कोअप्रेसन एन्ड डेभलपमेन्ट (ओइसिडी)को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ । राष्ट्र बैङ्कको संयोजनमा सन् २०१३ देखि नेपालमा पनि यो अभियान सञ्चालन गरिँदै आइएको छ । यस अभियानबाट हालसम्म विश्वका एक सय ७६ भन्दा बढी मुलकका करिब छ करोड बालबालिका, किशोरकिशोरी र युवाहरू लाभान्वित भएको ओइसिडीले जनाएको छ । अभियानको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ ।