नेपाल कराते महासंघको साधारणसभा विवादित

<span class='c1'>नेपाल कराते महासंघको</span> <span class='c2'>साधारणसभा विवादित</span>

निजगढ(बारा) । नेपाल कराते महासंघको साधारणसभा विवादित बनेको छ ।

महासंघका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको हो ।

साधारणसभामा महासंघ अध्यक्ष युवराज लामाकी सहोदर दिदी मिना लामा प्रमुख अतिथिका रूपमा उपस्थित थिइन् ।

तर, महासङ्घका वरिष्ठ उपाध्यक्षहरूसहित धेरैजसो पदाधिकारीहरू अनुपस्थित रहेका थिए ।

सितोरियो बाहेकका गोजुरियो,बादोरियो र सोतोकान करातेबाट निर्बाचित पदाधिकारी तथा सदस्य लगायत कोही पनि प्रतिनिधि उपस्थित रहेका थियनन जसले गर्दा संस्थाभित्र आन्तरिक असन्तुष्टि रहेको देखाएको छ ।

साधारणसभामा आफूअनुकुलताका कृतिम सदस्यहरूको बहुसंख्यक उपस्थिति रहेको देखिएको थियो ।

साधारणसभामा वरिष्ठ उपाध्यक्ष हरिशरण केसी, उपाध्यक्षहरू डा. ओमकृष्ण प्रसाई, मकेन्द्रबहादुर सिंह, प्रकाश मोहन दौवडेल, श्याम शेर्पा, सचिवद्वय बलराम मित्र र ध्वजमान मोक्तानलगायत पदाधिकारी अनुपस्थित थिए ।

यसैगरी, सदस्यहरू यादव काफ्ले, गोपाल महर्जन, कृष्ण गौतम,हिक्मत थपलिया, रवि महर्जन, राजिवबिक्रम थापा, शशीकुमार तितुङ, दिलिपराज भण्डारी, सन्जयकुमार राई,मिलनराज प्रसाईं, मेनुका ठाकुर, डोल्मा शेर्पा, राधिका देउलालगायत पनि साधारणसभामा उपस्थित थिएनन् ।

साधारणसभामा अध्यक्ष लामासहित केही पदाधिकारी र केही सदस्य उपस्थित थिए । ३२ सदस्यीय केन्द्रीय कमिटीमध्ये १२ जना मात्र साधारणसभामा उपस्थित रहेपछि साधारणसभाको औपचारिकता र निर्णय प्रक्रियाप्रति शंका उत्पन्न गरेको हो ।

अहिले महासंघभित्र आन्तरिक विवाद तथा व्यवस्थापकीय कमजोरी रहेको देखिन्छ ।

महासंघका अन्य पदाधिकारीहरूले औपचारिक धारणा नदिए पनि उनीहरूको अनुपस्थितिले संगठनभित्रको एकता र पारदर्शितामा कमजोर रहेको संकेत दिएको छ ।

आगामी दिनमा महासङ्घको नेतृत्व तथा कार्यशैलीमा सुधार आउँछ कि संस्था भित्रको विवाद अझ चर्किन्छ भन्ने समयले देखाउनेछ ।

एसियन प्रतियोगितामा मेडल प्राप्त गरेको कराते खेलमा अनावश्यक राजनीति भईरहेको हुनाले खेलकुद मन्त्रालयको समेत ध्यानाकर्षण हुन जरुरी देखिएको छ ।

लामा नेतृत्वको कराते महासंघमा अहिले असन्तुष्टको चाङ देखिएको छ । हालैमात्र लामाले विभेद गरेको भन्दै १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता करातेका खेलाडी विप्लवलाल श्रेष्ठले संन्यास घोषणा गरेका थिए ।

गत वर्ष हाङचाउ एसियाली खेलकुदमा पदक नजिक पुगेका विप्लवले बुधबार पत्रकार सम्मेलन गर्दै संन्यास घोषणा गर्नुको प्रमुख कारण नेपाल कराते महासंघ नेतृत्वको विभेदपूर्ण व्यवहार भएको बताएका छन् ।

उनले भनेका थिए, ‘मलाई छोड्न मन भएर कराते त्याग्न लागेको होइन । किनकि यो मेरो मनपर्ने खेल हो । यही खेलमा वर्षौं मिहिनेत गरेको छु । तर बाध्य भएर छोड्दै छु । त्यो बाध्यता भनेको कराते महासंघ नेतृत्व (युवराज लामा) बाट जुन विभेद भयो, त्यो सह्य भएन ।’ एसियाली खेलकुद खेलेर आएपछि नै आफूमाथि त्यस्ता किमिसका व्यवहारहरू गरिएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्