चैतको पानी, लामखुट्टेको खानी भएको विराटनगरमा जोखिम न्युनीकरणका कार्यक्रम

<span class='c1'>चैतको पानी, लामखुट्टेको खानी भएको</span> <span class='c2'>विराटनगरमा जोखिम न्युनीकरणका कार्यक्रम</span>

इन्दु साह
विराटनगर । चैतको पहिलो साता विराटनगरमा पानी पर्न थालेको छ ।

शनिबार बिहान र आइतबार बिहान दुवैदिन यहाँ पानी प¥यो । पानी परेसँगै शिलततासँगै खेतीका लागि यसले राहत दियो । त्यति मात्रै नभई हावामा भएको तुँवालो केहि कम पनि भयो । अर्को कुरा भनेको धुलो उड्न केहि न केहि नियन्त्रण पनि भयो । विराटनगरमा खानेपानी पाइप विस्तार गरेर कालोपत्रे सडक खनिएको छ । त्यसको धुलोले असर गर्न थालिसकेको विराटनगरलाई राहत पनि मिल्यो ।

तर, पानीपर्दा विराटनगरमा अर्को जोखिम पनि उतिकै छ । बिहानपख पानी पर्ने र खाल्डाखुल्डिमा जम्ने हुँदा लामखुट्टे बढ्ने र डेंगुकोजोखीम उच्च हुन्छ । उसो त विराटनगरलाई लामखुट्टेको राजधानी पनि भनिन्छ । जोकोहिले विराटनगरको नामसंगै अत्याधिक लामखुट्टे भएको शहर पनि भन्छन् । चैत्र १० गतेसम्ममा विराटनगरमा दुई पटक पानी परेको छ । पानीपर्दा खुसी हुनुको साथै लामखुट्टेको जोखिमले नागरिकमा त्रास समेत पैदा गर्छ ।

पानी परेर सबै राहत मिलेपनि यसको असरलाई ध्यान दिदैं महानगरपालिकाले त्यसको तयारी पनि गर्ने जनाएको छ । महानगरपालिकाले आर्थिक वर्षमा २५ लाख बजेट लामखुट्टे नियन्त्रणको लागि छुट्याईएको छ । जसअन्तरगत महानगरपालिकाले कार्तिक र मंसीरमा लामखुट्टेको लार्भा खोज र नष्ट अभियान चलाएको थिए । महानगरपालिकाको स्वाथ्य महासाखाका प्रमुख डा. दिलिप यादवले विभिन्न कार्यक्रम गरी लामखुट्टे नियन्त्रणको कार्य भईरहेको बताएका छन् । उनको अनुसार महानगरका विभिन्न वडाहरुमा मालाथिन स्प्रे, अभिमुखिकरण कार्यक्रम, खोज र नष्ट गर्ने लगायतका अभियान छन् ।

तर, पनि विगतका वर्ष झै यस वर्षपनि लामखुट्टे नियन्त्रणमा आएको महसुस महानगरका नागरिकले गरेका छैनन् । महानगरसम्मै पुगेर कतिपय स्थानियले लामखुट्टे अत्याधिक भएको पनि गुनासो गरिरहेका छन् । गुनासोको आधारमा पनि महानगरपालिकाले त्यस स्थानलाई प्राथमिमकतामा राखी लामखुट्टे नियन्त्रणका कार्य गर्ने गरेका छन् ।

महासाखा प्रमुख यादवका अनुसार डेंगुको जोखीम रहेको स्थानलाई मुख्य प्राथमिकतामा राखेको डाक्टर यादवले बताएका बताएका छन् । अघिल्लो वर्षपनि २० लाख बजेट विनियोजन भएको थियो । त्यसले अल्पकालिन नियन्त्रणसँगै दिर्घकालिन रुपमा नागरिक सचेतनाको काम गरिएको दावी छ । विराटनगरका खुल्ला स्थानमा भएका झाडी र नागरिकले फ्याँक्ने गरेको फोहोरका साथै खुल्ला नाला लगायतका विषयले लामखुट्टे नियन्त्रण गर्न कठिनाई भएको हो । अर्को कुरा भनेको नालामा जम्मा भएको पानी जमेर बस्ने समस्या रहेको छ । यादवका अनुसार यदि नागरिकले पनि लामखुट्टे नियन्त्रणमा साथ दिने हो भने मात्र महानगरमा लामखुट्टे नियन्त्रणमा लिन सकिने छ ।

यता महानगरका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार दैनिक ४० जना सफाई कर्मचारी खटाईएको छ । विराटनगरका नाला भएका विभिन्न वडामा उनीहरुले दैनिक सफाई कार्य गरीरहेको दाहालले बताएका छन्। दाहालका अनुसार नालामा नागरिकले फोहोर फ्याँक्दा पानी जम्छ, जसकारण लाम्खुट्टेले लार्भा सहजै पालिने हुन्छ । नाला सरसफाईलाई प्राथमिक्तामा राखेर सफाई कार्य तिब्रपारीएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्