काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले चार विकेटको जित निकालेको छ ।
आइपिएलको १८ औं संस्करणको तेस्रो खेलमा चेन्नईले मुम्बईलाई चार विकेटले पराजित गर्दै विजयी सुरूवात गरेको हो ।
कप्तान ऋतुराज गायकवाड र ओपनर रचिन रविन्द्रको अर्धशतकमा चेन्नाई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको हो ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य चेन्नईले ६ विकेट गुमाएर १९.१ ओभरमा पूरा ग¥यो । ओपनर रचिन रविन्द्र ६५ रन बनाउँदै नट आउट रहे । उनले ४५ बलमा २ चौका र ४ छक्का हाने । कप्तान ऋतुराज गायकवाडले २६ बलमा ६ चौका र ३ छक्का प्रहार गरी ५३ रन बनाए । रवीन्द्र जडेजा १७ रन बनाएर नट आउट रहे। चेन्नाईका अन्य ब्याटर चल्न सकेनन् ।
महेन्द्रसिंह धोनीले दुई बल मात्रै खेले तर रन बनाउन सकेनन् । बलिङतर्फ मुम्बईका विग्नेश पुथुरले तीन तथा दीपक चाहर विल ज्याक्सले एक÷एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको मुम्बईका लागि तिलक वर्माले सर्वाधिक ३१ रन बनाए । उनले ४१ बलमा २ चौका र २ छक्का हाने । कप्तान सूर्यकुमार यादवले २६ बलमा २ चौका र १ छक्का प्रहार गरी २९ रन बनाए ।
बलिङतर्फ चेन्नईका नूर अहमदले ४, खलिल अहमदले तीन तथा नाथन इलिस र रविचन्द्रन आश्विनले एक÷एक विकेट लिए । आइपिएलमा सोमबार दिल्ली क्यापिटल्स र लखनऊ सुपर जायन्ट्स खेल्दैछन् ।