क्यानडालाई अमेरिकामा विलय गराउने अभिव्यक्ति विरुद्ध प्रदर्शन

<span class='c1'>क्यानडालाई अमेरिकामा विलय गराउने</span> <span class='c2'>अभिव्यक्ति विरुद्ध प्रदर्शन</span>

एजेन्सी । अमेरिका र क्यानडाबीच सम्बन्ध चिसिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति र अभिव्यक्तिले दुई देशबीचको सम्बन्ध थप चिसिएको हो ।

ट्रम्पले करमा वृद्धि गरेको र क्यानडालाई ५१ औं राज्य बनाउने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि क्यानेडियनहरु थप रुष्ट बनेका छन् । ट्रम्पकै विवादस्पथ अभिव्यक्तिलाई लिएर शनिबार टोरन्टोको नाथन फिलिप्स स्क्वायरमा क्यानाडाका पक्षमा जुलुश निकालेका थिए ।‘एल्बोज अप, क्यानडा !’ नाम दिइएको प्रदर्शनमा क्यानेडियालीहरूलाई राष्ट्रिय सार्वभौमिकता र मर्यादाको रक्षा गर्न एकजुट हुन र क्यानडाबाट आयात गरिएका सामानहरूमा अमेरिकी कर लगाउने र क्यानडाको सार्वभौमिकतालाई खतरामा पार्ने ट्रम्पको टिप्पणीको विरोध गरिएको थियो ।

‘म एक गर्विलो क्यानेडियन हुँ र म विश्वास गर्छु कि हामीले हाम्रो देश, जीवनशैली, संसदीय प्रणाली, कानुनी प्रणाली, द्विभाषिकता, हाम्रा आदिवासी जनताको लागि बहुसांस्कृतिकताको लागि उभिनुपर्छ। र यो संयुक्त राज्य अमेरिकाबाट र त्यहाँको प्रशासनबाट खतरामा छ । विलयको खतराविरुद्ध उत्रिनुपर्छ,’ प्रदर्शनकारी डग बेनेटले भने । ट्रम्पले क्यानडालाई अमेरिकाको ५१ औं राज्य भन्दै होच्याउने किसिमका अभिव्यक्ति दिंदै आइरहेका छन् । यसअघि ट्रम्पले क्यानडाली तत्कालीन प्रधानमन्त्री जस्टिन ट्रुडोलाई अमेरिकामा गाभिन आग्रह पनि गरेका थिए ।(सीसीटीभीप्लस)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2