होराईजन बास्केटबल रनिङ कप : आर्मी र धरान(कालो) फाइनलमा

<span class='c1'>होराईजन बास्केटबल रनिङ कप :</span> <span class='c2'>आर्मी र धरान(कालो) फाइनलमा</span>

धरान (सुनसरी) । धरानमा जारी नवौँ होराईजन बास्केटबल रनिङ कपमा त्रिभुवन आर्मी र धरान टिम (कालो) फाइनलमा प्रवेश गरेको छ ।

समुह ‘ए’मा रहेको आर्मीले लिग चरणको दुवै खेलमा जित हात पार्दै ४ अङ्कसहित फाइनल प्रवेश गरेको छ भने समूह ‘बी’मा रहेको धरान टिम (कालो)ले दुवै खेलमा जित हासिल गरी ४ अङ्कसहित फाइनल प्रवेश गरेको हो ।

धरानस्थित श्रीमाविको बास्केटवल कोर्टमा आज सम्पन्न पहिलो खेलमा आर्मीले विशाल मिलन केन्द्र काठमाडौँलाई ८९–७६ को स्कोरले पराजित गरेको थियो । पहिलो क्वार्टरमा १३–२५ स्कोरले आर्मी विशाल मिलन केन्द्रसँग पछि परेपनि लयमा फर्कँदै दोस्रो, तेस्रो र चौथो क्वार्टरमा क्रमशः २७–१७, २६–२० र २४–१४ स्कोरले जित हासिल गरेको हो ।

उक्त खेलको म्यान अफ दि म्याच रामकृष्ण घतानी तामाङ घोषित भए । उनले नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे । आजै भएको दोस्रो खेलमा धरान टिम (कालो)ले विराटनगर बास्केटबल एकेडेमी (मोरङ)लाई ७४–५८ स्कोरले पराजित गरेको छ । धरानले पहिलो, दोस्रो र तेस्रो क्वार्टरमा विराटनगर बास्केटबल एकेडेमीलाई २०–८, १५–१४ र २१–१८ स्कोरले पछि पारेको थियो । भने चौथो क्वार्टरमा दुवै टिमले १८–१८ स्कोर गरेपनि धरान विजयी भयो । उक्त खेलको म्यान अफ दि म्याच सर्वो राई घोषित हुदै नगद रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको फाइनल खेल मङ्गलबार धरान टिम (कालो) र त्रिभुवन आर्मीबीच दिउँसो २ बजेदेखि हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले ट्रफीसँगै नगद रु एक लाख ५१ हजार १११ नगद पुरस्कार पाउनेछ भने उपविजेताले रु ७५ हजार पाउनेछ । सर्वोत्कृष्ट खेलाडीलाई नगद रु २५ हजार, उदयीमान खेलाडीलाई नगद रु १० हजार पुरस्कार प्रदान गरिने आयोजक होराइजन क्लबका संयोजक वसन्त राईले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2