नेपिडाउ, म्यान्मा । म्यान्माको राजधानीमा रहेको एक प्रमुख अस्पतालमा गएको शक्तिशाली भूकम्पपछि २० जनाको मृत्यु भएको छ । भूकम्पका कारण व्यापक क्षति भएको एक चिकित्सकले एएफपीलाई बताउनुभयो ।
“हाम्रो अस्पतालमा आएदेखि २० जनाको मृत्यु भइसकेको छ । धेरै घाइते भएका छन्,”नेपितावस्थित सामान्य अस्पतालका एक चिकित्सकले नाम न छाप्ने सर्तमा बताउनुभयो ।
उद्धारकर्मी सोङ्वुट वाङपोनले निर्माणाधीन अग्लो भवनको भग्नावशेषको थुप्रो बाहिर कुरा गर्दै पत्रकारहरूलाई अन्य सात जना जीवित फेला परेका जानकारी दिनुभयो ।
शुक्रबार दिउँसो सागिङ सहरको उत्तरपश्चिममा ७।७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षणले जनाएको छ । केही मिनेटपछि सोही क्षेत्रमा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
जुन्टाले सबैभन्दा बढी प्रभावित छ वटा क्षेत्र (सागाइङ, मन्दलाय, मगवे, उत्तर–पूर्वी शान राज्य, नायप्यिडा र बागो) हरूमा आपतकालीन अवस्था लागू रहेको एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
जा मिन टुनले मन्दलाय, नायप्यिडा र सागाइङमा बिरामीहरूका लागि रगत दान आवश्यक रहेको बताउनुभयो । रासस/एएफपी/एपी