आज काठमाडौं उपत्यकामा घोडे जात्रा पर्व मनाइँदै

<span class='c1'>आज काठमाडौं उपत्यकामा घोडे</span> <span class='c2'>जात्रा पर्व मनाइँदै</span>

काठमाडौं । आज चैत्र कृष्ण औँसी अर्थात घोडे जात्रा । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ । आजका दिन काठमाडौँ उपत्यकामा परम्परागत घोडे जात्रा पर्व मनाइँदैछ ।

यस पर्वमा नेपा मंडल भित्र देवी देवताको जात्रा गरी मनाउने चलन छ । यही पाहा चरÞ्हे नख मा पछि घोडा जात्रा थपेर घोडा जात्रा भन्न थालिएको हो भन्ने कथ्य छ ।

यो काठमाडौंको टुँडिखेलमा मनाइने एक प्रसिद्ध जात्रा हो । यो दिनलाई घोडचढी प्रतिस्पर्धाको रूपमा पनि मनाइन्छ । यो जात्रा परापूर्वकालमा गुरुमापा नामक दैत्य माथिको विजयको रूपमा मनाइन्छ । यहाँ दौडने घोडाको टापले त्यस दानवको आत्मालाई दबाउन मद्दत गर्ने विश्वास गरिन्छ । जसले यो शहरलाई अहिले पनि नाश गर्न चाहने विश्वास गरिन्छ र साथै यस जात्राले देशमा शुमङ्गल ल्याउने जनविश्वास छ ।

आज नेपाली सेनाका तर्फबाट टुँडिखेलमा घोडचढी कला, अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजको दिन ललितपुरमा एउटा कानो घोडा दौडाएर घोडे जात्रा मनाउने परम्परा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2