कोशी प्रदेश पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा

<span class='c1'>कोशी प्रदेश पर्यटन वर्ष २०८२ को</span> <span class='c2'>उद्घाटनका लागि प्रधानमन्त्री ओलीलाई निमन्त्रणा</span>

काठमाडौं । कोशी प्रदेश सरकारले पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै आगामी वर्षलाई "कोशी प्रदेश पर्यटन वर्ष २०८२"को रूपमा घोषणा गरेको छ।

यस महत्त्वपूर्ण अभियानको शुभारम्भ आगामी चैत २७ गते तेह्रथुम जिल्लाको तीनजुरे मिल्के जलजले क्षेत्र (लालीगुराँस नगरपालिका, आर आर गार्डेन) मा हुने भएको छ।

पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र मन्त्रालयका सचिव विशाल घिमिरे सहितको टोलीले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट गरी उक्त समारोहको प्रमुख अतिथि बन्नका लागि औपचारिक निमन्त्रणा गरेका छन्। भेटमा कोशी प्रदेशको पर्यटन सम्भावना, पर्यटन वर्षको औचित्य, र यसले प्रदेश तथा राष्ट्रिय अर्थतन्त्रमा पुर्‍याउने योगदानका बारेमा छलफल भएको थियो।

कोशी प्रदेश सरकारको नीति र कार्यक्रमअनुसार, पर्यटन प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्यमा दीर्घकालीन योजना अघि बढाइने बताइएको छ। प्रदेश गौरवको कार्यक्रमअन्तर्गत रहेको यो अभियानले स्थानीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्दै प्रदेशको आर्थिक तथा सामाजिक विकासमा महत्त्वपूर्ण योगदान दिने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2