यस्तो छ राजावादीको निशानामा परेको जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र

<span class='c1'>यस्तो छ राजावादीको निशानामा परेको</span> <span class='c2'>जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्र</span>

काठमाडौं । पूर्वराजाका समर्थकहरुले शुक्रबार गरेको प्रदर्शनमा काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी गरेपछि त्यहाँको अवस्था भयावह देखिएको छ ।

चैत्र १५ गते शुक्रबार भएको प्रदर्शन र तोडफोडमा जडिबुटीका प्रशोधन कम्पनीसहित कम्पनीको पार्किङ्मा राखिएको चारवटा गाडी र दुईवटा दुईपांग्रे सवारी साधन पनि जलेर नष्ट भएको थियो ।

तीनकुने क्षेत्रबाट तितरवितर भएका राजावादीहरुले त्यस वरपरका क्षेत्रमा सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड, लुटपाट तथा आगजनी गरेका थिए । त्यसै क्रममा जडीबुटी कम्पनी पनि निशानामा परेको थियो । आगो लगाइएका कारण इतिहास बोकेको भवनको अधिकांश भागमा क्षति पुगेको छ । कारखानाका सामानहरु जलेका छन् । काठमाडौँ उपत्यकाका ६ वटा दमकल चार घण्टासम्म खटिएर आगो नियन्त्रणमा ल्याएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबारको आगजनीबाट कुल १५ वटा सवारी साधनमा क्षति पुगेको छ जसमा सरकारी सवारी साधन नौं वटा र सरकारी/निजी नखुलेको सवारी साधन ६ वटा रहेका छन् ।
प्रदर्शनमा १४ स्थानमा आगजनी हुनुका साथै नौं वटा संस्था एवं कार्यालय तोडफोड र कोटेश्वरको भाटभटेनी सुपर मार्केट तोडफोड तथा लुटपाट भएको प्रहरीले गरेको अध्ययनले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2