राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगरको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्ती गुरुङ चयन

<span class='c1'>राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल महानगरको चौथो</span> <span class='c2'>अधिवेशन सम्पन्न, अध्यक्षमा बसन्ती गुरुङ चयन</span>

विराटनगर । राष्ट्रिय सौन्दर्यकर्मी यूनियन नेपाल (नाबुन ) विराटनगर महानगर कमिटिको चौथो अधिवेशन विराटनगरमा रुपमा सम्पन्न भएको छ ।
विराटनगरको कंचनजङ्खा पार्टी प्यालेसमा शनिबार भएको चौथो अधिवेशनबाट बसन्ती कुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो । गुरूङ यसअघि महानगरकी सचिव रहेकी थिइन् ।


नयाँ कार्यसमितिको उपाध्यक्षमा सरिता राई, सचिव रन्जु कुमारी नायक, सह–सचिब अनुपमा पोवदार, कोषाध्यक्षमा मिना खनाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा पूर्णिमा साह, रश्मि कामत, सुनिता साह, सुजता श्रेष्ठ, अस्मिता मगर र दिपा अधिकारी, संगीता कामत, ललिता राम, जमुना तामाङ्ग, उर्मिला विक, यशोदा थापा र रचना श्रेष्ठ रहेकी छिन् ।
नवनिर्वाचित अध्यक्ष बसन्तीले सौन्दर्यकर्मीहरुको हकहितमा लागि परेर अगाडी बढने बताइन् । नवनिर्वाचित कार्यसमितिहरुलाई बधाइ ज्ञापन गर्दै नेपाल टे«ड युनियन महासंघ (जिफन्ट) कोशी प्रदेश युवा कमिटि अध्यक्ष तथा नावुन विराटनगरको निर्वतमान अध्यक्ष भली सुब्बाले सौन्दर्यकर्मीहरु एकताबद्ध भएर आफ्नो हकहितमा लाग्नुपर्नेमा जोड दिइन् ।


कार्यक्रमको उद्घाटन गर्दै विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले नावुनले योजना लिएर आए महानगरपालिसँग समन्वय र सहकार्य गरेर काम गर्ने बताइन् । महिलाहरुको नेतृत्व विकास लागि महानगरपालिका लागि पर्ने उनले बताइन् । कार्यक्रममा बोल्दै जिफन्ट कोशी प्रदेशका अध्यक्ष किशोर धमलाले राज्यले लागू गरेको योगदानमा आधरित सामाजिक सुरक्षा कोष कार्यन्वयन गरेर अगाडी बढनुपर्ने बताए ।


कार्यक्रममा नावुन केन्द्रीय सदस्य गंगा तामाङ, नावुन कोशी प्रदेश अध्यक्ष कला डाँगी, सायदा तवसुम लगायतले बोलेका थिए । सोही अवसरमा मजदुरहरुको हकहितमा लामोसमयदेखि काम गर्दै आएका मुरारी प्रसाद भट्टराई र नावुन कोशी प्रदेशको पुर्व उपाध्यक्ष ललिता धिमाललाई सम्मान गरिएको छ । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । चौथो अधिवेशन कार्यक्रममा धरान, ईटहरी, दुहवी , केराबारी , झोराहाट लगायतका नावुनमा आवद्ध सौन्दर्यकर्मीहरुको सहभागिता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2