आईपीएल : आज दिल्ली र हैदरावाद तथा राजस्थान र चेन्नई भिड्दै

<span class='c1'>आईपीएल : आज दिल्ली र हैदरावाद</span> <span class='c2'>तथा राजस्थान र चेन्नई भिड्दै</span>

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार दुई खेल हुँदैछ ।

पहिलो खेलमा दिउँसो पौने ४ बजे दिल्ली क्यापिटल्स र सनराईजर्स हैदरावाद तथा दोस्रो खेलमा बेलुका पौने ८ बजे राजस्थान रोयल्स र चेन्नई सुपर किङ्ग्‌सबीच हुनेछ ।

गएराति भएको खेलमा गुजरात टाइटन्सले पहिलो जीत निकालेको छ । अहमदावादमा भएको खेलमा गुजरातले मुम्बई इण्डियन्सलाई ३६ रनले हराएको थियो।
जीतका लागि एक सय ९७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा छ विकेट गुमाएर एक सय ६० रन बनायो । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो । उसका साई सुदर्शनले सर्वाधिक ६३ रनको योगदान गरे भने मुम्बईका हार्दिक पाण्ड्याले दुई विकेट लिए ।

गुजरातले दोस्रो खेलमा पहिलो जीत निकालेको हो । भने मुम्बईको यो लगातार दोस्रो हार हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2