चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका बस्तु नेपाल फिर्ता

<span class='c1'>चोरी भएर अमेरिका पुगेका २१ वटा</span> <span class='c2'>पुरातात्विक महत्वका बस्तु नेपाल फिर्ता</span>

काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।

आइतबार पुरातत्व विभाग काठमाडौंंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौंं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो । साथै आर्ट इन्स्टिच्यूट सिगागोबाट फिर्ता भएको पाटनको गुइत टोलको गुइत चैत्यको प्रस्तरको मुछलिन्द बुद्धको मूर्ति थान–१ (१२/१३ औं शताब्दी) तथा अन्य १६ थान कलात्मक वस्तुहरु (९–१९औं शताब्दी) पनि नेपालका विभिन्न ठाउँबाट हराएर अमेरिका पुगेका थिए ।

अमेरिकाको विभिन्न संग्रहालय, अक्सन हाउस तथा व्यक्तिगत संग्रहमा रहेका उक्त वस्तुहरु संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित US Department of Homeland Security Investigation New York, Manhattan District Attorney Office of New York को सहयोगमा संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित नेपाली वाणिज्यदूतावासका कार्यवाहक महाबाणिज्यदूत चक्रकुमार सुवेदीलाई एक समारोहबीच मिति २०८१।११।१६ मा हस्तान्तरण गरिएको थियो ।

यी कलात्मक वस्तुहरुको उत्पत्तिस्थल नेपाल भएको भनी यस विभागबाट प्रमाणित गरेपछि अन्तर्राष्ट्रिय कानुन अनुसार नेपाल फिर्ता भएका हुन् ।
यी कलात्मक वस्तुहरु अमेरिकाबाट नेपालसम्म ल्याउने कार्यमा न्यूयोर्कस्थित नेवाः गुठीले आर्थिक सहयोग गरेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्