नेपालबाट चोरी भएका सम्पदाहरु नेपालीहरुले नै फर्काउन सक्छन् : मन्त्री पाण्डे

<span class='c1'>नेपालबाट चोरी भएका सम्पदाहरु नेपालीहरुले नै</span> <span class='c2'>फर्काउन सक्छन् : मन्त्री पाण्डे</span>

काठमाडौं । नेपालबाट विगतमा चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु आज नेपाल फिर्ता भएका छन् ।

आइतबार पुरातत्व विभाग काठमाडौंले विशेष कार्यक्रमको आयोजनागरी चोरी भएर अमेरिका पुर्याइएका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरु सार्वजनिक गरेको हो ।

विभागका अनुसार यीमध्ये तीनवटा पौवा चित्रहरु (१५–१८ औं शताब्दी) काठमाण्डौंस्थित इटुम्बहालबाट २०३७ सालमा हराएका थिए भने एउटा प्रस्तरबाट निर्मित स्थानक बुद्धको मूर्ति (नवौं शताब्दी) बुङमतिको मच्छिन्द्रवहाल परिसरको चैत्यबाट हराएको थियो । यसै सन्दर्भमा बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले मूर्ति नभइ हाम्रा आस्थाहरुलाई, विश्वासहरुलाई, सम्पदाहरुलाई फर्काउन सफल भएको बताए ।

उनले नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व आस्थाको दृष्टिकोणले मापन गर्न नसकिने बताए ।
उनले भने, ‘नेपालबाट हराएका हरेक मूर्तिहरुले बोकेको महत्व, आम सम्पदाको महत्व, संस्कृतिको महत्व धेरै छ । यसमा यो मूर्ति कति केजीको थियो भन्ने कुरा मापन हुँदैन । यो मूर्तिहरुको महत्व बहुमूल्य छ । आस्थाको दृष्टिकोणले मापन गर्नै नसकिने तौल छ । त्यसैले हामीले हाम्रा आस्थाहरुलाई, हाम्रा विश्वासहरुलाई, हाम्रा सम्पदाहरुलाई फर्काउन सफल भएका छौं ।’

उनले हाम्रा सम्पदाहरु संसारको जुनसुकै कुनामा पुगे पनि हरेक नेपालीहरुले फर्काउने सोच राख्नुपर्ने बताए । उनले भने, ‘हाम्रा सम्पदाहरु संसारको कुनैपनि कुनामा पुगोस् त्यो कुनामा नेपालीहरु छन् । नेपालीहरुले आफ्नो सम्पदा चिन्छन्, यो हाम्रो सम्पदा हो भनेर जान्दछन्, यसको महत्व थाहा पाउँछन्, र त्यसमा फर्काएर ल्याउने कुरामा संसारभरी फैलिएका नेपालीहरुले फर्काउने सोच राख्नुहुनेछ भन्ने मैले आशा लिएको छु । नेपालबाट चोरिएका मूर्तिहरु नेपालीले जसरी पनि फर्काउँछन् भन्ने एउटा सन्देश आजको चोरी भएर अमेरिका पुगेका २१ वटा पुरातात्विक महत्वका कलात्मक वस्तुहरुले पुष्टि गरिसकेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्