इनरुवा । सुनसरीको इनरुवामा तेस्रो इनरुवा रनमा महिलातर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुषतर्फ तेह्रथुमका सुरज लिम्बुले उपाधि जितेका छन्।
शनिबार भएको खुला दौडमा महिलातर्फ उदयपुरकी मिमता तामाङ दोस्रो र खोटाङकी दिपा बस्नेत तेस्रो भईन । पुरुषतर्फ स्याङ्जाका धनु मानन्धर दोस्रो र ताप्लेजुङ्गकी अमिर लिम्बु तेस्रो भए।
तीन वर्षदेखी लागातार हुदै आएको इनरुवा रनको तेस्रो संस्कारणमा एकै पटकमा एक हजार बढी धावकहरूको सहभागिता रहेकोमा १६ वर्ष मुनी तर्फ पुरुषमा अभिनारायण अधिकारी पहिलो, विजयकुमार राई दोस्रो र मङ्गल तामाङ तेस्रो भए ।
यही स्पर्धाको महिलातर्फ जमुना लिम्बु पहिलो, कुसुम लिम्बु दोस्रो र गिता कोईराला तेस्रो भईन।