विराटनगर महानगरद्वारा महावीर पुन सम्मानित, दुईलाखका पुस्तक खरिद

<span class='c1'>विराटनगर महानगरद्वारा महावीर पुन</span> <span class='c2'>सम्मानित, दुईलाखका पुस्तक खरिद</span>

विराटनगर । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आइपुगेका छन् ।

यहि अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अविर र महानगरको लोगो लगाइदिएर सम्मान गरेका थिए । कार्यक्रममा मेयर कोइरालाले पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका थिए । महानगरले बोलाएर सम्मान गरेकोमा धन्यवाद दिँदै पुनले आफू नबोलाएको ठाउँमा कहिल्यै नजाने बताए ।

पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भइसकेको उनेको भनाई थियो । जसरी पनि कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने पुनले उद्घोषसमेत गरेका छन् । राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु उत्पादन गर्ने उनले जानकारी दिएका छन् ।

कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिनेछ । कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको पुनले जानकारी दिएका छन् । कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत ढुंगेल, वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख, कर्मचारीहरुले व्यक्तिगत रुपमा पुस्तक खरिद गरेक थिए । त्यस्तै महानगरले संस्थागत रुपमा २ लाख रुपैयाँ बराबरको पुस्तक खरिद गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2