साउदी अरबमा आइतबारदेखि इद उल फित्र मनाइँदै , मध्यपूर्वका धेरै मुलुकमा सोमबारदेखि मनाइने

<span class='c1'>साउदी अरबमा आइतबारदेखि इद उल फित्र मनाइँदै</span> <span class='c2'>, मध्यपूर्वका धेरै मुलुकमा सोमबारदेखि मनाइने</span>

रियाद, साउदी अरब । साउदी अरबले आइतबारदेखि इस्लाम समुदायको पवित्र पर्व इद उल फित्र मनाउने जनाएको छ । संयुक्त अरब इमिरेट्स (युएई) र कतारले पनि आइतबार बिदाको पहिलो दिन हुने घोषणा गरेका छन् तर अन्य मध्यपूर्वी देशले यो पर्व सोमबारदेखि मनाउने जनाएका छन् ।

“सर्वोच्च अदालतले सन् २०२५ मार्च ३० आइतबार इद उल फित्रको पहिलो दिन मान्ने निर्णय गरेको छ,” साउदी शाही अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

एक महिनाको व्रतपछि रमजानकोे महिनाको अन्त्यसँगै मनाइने यो पवित्र इस्लाम पर्व अर्धचन्द्र चन्द्रमाको दृष्टिद्वारा निर्धारित गरिन्छ।

छिमेकी ओमान र जोर्डनका साथै शिया बहुल इरानले भने चन्द्रमा नदेखिएकाले सोमबारसम्म इद उल फित्र सुरु नहुने बताएका छन् । इजिप्ट र अन्य उत्तर अफ्रिकी देशहरूले पनि त्यसैको अनुसरण गर्नेछन् ।

रमजानको समयमा, मुस्लिमहरू बिहानदेखि साँझसम्म व्रत बस्ने परम्परागत रूपमा साँझमा परिवार र साथीहरू भेला भई आपसमा भोज गर्ने प्रचलन रहेको छ ।

साउदी अरबको मक्कास्थित ग्रान्ड मस्जिद र मदिनास्थित पैगम्बरको मस्जिदमा उपवासको व्यापक अभ्यास गरिन्छ।

इजरायलले गाजामा पुनः आक्रमण सुरु गरेपछि यस वर्षको रमजान पर्व ओझेलमा परेको छ । हमासको उन्मूलनका लागि इजरायलकोे सैन्य अभियानले दशौं हजार मानिसको ज्यान लिइसकेको हमासद्वारा सञ्चालित क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2