विराटनगरमा इक्वालिटि कप क्रिकेट सोमबारदेखि हुने

<span class='c1'>विराटनगरमा इक्वालिटि कप</span> <span class='c2'>क्रिकेट सोमबारदेखि हुने</span>

विराटनगर । नेपाल क्रिकेट फाउण्डेशनले चौथो संस्करणको ‘इक्वालिटि कप क्रिकेट २०२५’ प्रतियोगिता आयोजना गर्न लागेको छ ।

आइतबार पत्रकार सम्मेलन मार्फत फाउण्डेशनले यस प्रतियोगिता सोमबारदेखि विराटनगर ६ मा रहेको म्यारिलीबोन ज्वाला क्रिकेट ग्राउण्डमा उक्त प्रतियोगिता हुने जानकारी गराएको हो ।

फाउण्डेशनका संयोजक मन्दिप शाहका अनुसार प्रतियोगितामा कोशी प्रदेशका मोरङ र इलाम तथा मधेस प्रदेशका सिरहा र सप्तरीका महिला टिमहरू सहभागी हुनेछन् । चारै जिल्ला क्रिकेट संघले पठाएका टिमहरूबीच लिकको आधारमा प्रतिस्पर्धा हुनेछ । सोमबार दुई खेल हुनेछ । पहिलो खेल इलाम र सप्तरी बिच हुनेछ भने सोही दिन हुने दोस्रो खेल मोरङ र सिराहाबीच हुनेछ । फाउण्डेशनले म्यारिलीबोन क्रिकेट क्लब फाउण्डेशन र क्रिकेट विथआउट बाउण्ड्रीजको सहयोगमा क्रिकेटमा महिलाको सहभागिता अभिवृद्धि अभियान अन्तर्गत इक्वालिटि कप क्रिकेट आयोजना गर्दै आएको साहले बताए ।
साहले जानकारी दिएअनुसार यस आयोजनाले घरबाट बाहिर निस्किन नसकेका युवतीहरू अहिले देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको क्रिकेट खेल्न सफल भएका छन् । मोरङकी सानु राजबंशीले मलेसियामा सम्पन्न अन्डर १९ एसिया कपमा, काजल भन्ने निरु राजबंशीले राष्ट्रिय स्तरमा र पूर्णिमा राजबंशीले कोशी प्रदेशस्तरीय क्रिकेट खेलिरहेको उनले उदाहरण दिए ।

फाउण्डेशनले सानै उमेरका बालिका तथा युवतीहरूलाई क्रिकेट प्रशिक्षणदेखि लैङ्गिक संवेदनशीलतासम्बन्धी कार्यशाला पनि सञ्चालन गर्दै आएको छ ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले उद्घाटन गर्ने यस प्रतियोगितामा लिग चरणमा ६ र फाइनल सहित जम्मा ७ वटा खेल हुनेछन् ।
इक्वालिटि कप महिला क्रिकेट प्रतियोगिता महिला सशक्तिकरण र समानताको संदेश दिने महत्वपूर्ण प्लेटफर्म बन्दै गएको छ, जसले ग्रामीण क्षेत्रका युवतीहरूलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2