विराटनगर यातायात व्यवस्थामा सेटिङ, ड्राइभिङ्ग सेन्टरले पैसा बुझाए मात्रै सेवाग्राही पाउँछन् लाइसेन्स

<span class='c1'>विराटनगर यातायात व्यवस्थामा सेटिङ, ड्राइभिङ्ग सेन्टरले</span> <span class='c2'>पैसा बुझाए मात्रै सेवाग्राही पाउँछन् लाइसेन्स</span>

विराटनगर । विराटनगरस्थित यातायात व्यवस्था कार्यालय सेवाबाट नागरिकलाई छेकेर बिचौलिया देखाउने अड्डा बनेको आरोप लागेको छ । बिचौलियाको जगजगी चलेपछि गत सोमबार मोरङ प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको थियो । खार्जीस्थित यातायात व्यवस्था कार्यालयले ट्रायल सेन्टरको त्रुटीमा टेकेरै सेवाग्राहीमाथि दुई किसिमको व्यवहार गर्दै आएको आरोप लगाउँदै एकजना ड्राइभिङ्ग सेन्टरका सञ्चालकले पत्रकार सम्मेलन गरेका हुन् ।

मंगलबार नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा सगरमाथा ट्रायल सेन्टरका सञ्चालक मातृकाप्रसाद निरौलाले पत्रकार सम्मेलन आयोजना गरेर यातायात व्यवस्था कार्यालयको सेवा बारे जानकारी दिए । उनले दिएको जानकारी र सेवाग्राहीले गर्ने गुनासो ठ्याक्कै मिल्दो छ । पत्रकार सम्मेलनमा निरौलाले निजीस्तरका ट्रायल सेन्टरले सवारी चालक प्रशिक्षण दिन्छन् । तर, यातायात व्यवस्था कार्यालयमा ती ट्रायल सेन्टरले रकम नुबझाउँदासम्म त्यहाँ सिकेकाहरु हतपत पास हुँदैनन् ।

निरौलाका अनुसार १५ हजार रुपिँयामा एक महिना ड्राइभिङ्ग प्रशिक्षण लिएका सेवाग्राही लाइसेन्सका लागि प्रक्रिया पुरा गरेर यातायात व्यवस्था कार्यालय पुग्छन् । तर, पन्ध्र हजार मात्रै बुझाएर चालक प्रशिक्षण लिएकाहरुले लाइसेन्स पाउन मुस्किल पर्छ । किनकी ड्राइभिङ्ग सेन्टरले सेवाग्राहीसँग १५ हजार लिएर यातायात कार्यालयमा बुझाउन सक्दैनन् । त्यहि सेवाग्राहीसँग ३० हजार लिएर ड्राइभिङ्ग सेन्टरले कार्यालयसँग सेटिङ मिलाए जसरी पनि लाइसेन्स पाउने संभावना हुने निरौलाको दावी छ ।
विराटनगरमा अहिले १६ वटा ड्राइभिङ्ग सेन्टर रहेको उनले जानकारी दिए । जुनमा सिकेपनि चालकको रुपमा पोख्त भएपछि सवारी साधन चलाउने लाइसेन्स लिनुपर्ने हो । तर, जेनतेन भएपनि ड्राइभिङ्ग सेन्टरमार्फत सेटिङ मिलाएर जानेहरुले लाइसेन्स सहजै पाउने उनको भनाई छ ।

यो सेटिङको कामभने यातायात कार्यालयका प्राविधिक कर्मचारी सुनिल जैसवालले मिलाउँदै आएको आरोप छ । उनले ट्रायल सेन्टरको अन्तिम एल ब्याकको त्रुटीलाई दोहोरो व्याख्या गरेर भएपनि फेल भएकालाई पास र पास भएकालाई फेल बनाउनसम्मको काम गर्दै आएको आरोप छ । अन्तिमको एल ब्याक चार इन्च हुनुपर्नेमा एक इन्च मात्रै कायम गरिएको निरौलाको दावी छ । जसको व्याख्या दोहोरो हुने गरेको उनी बताउँछन् । जस्तै कसैले ब्याक गर्दा रेखा कटे यो चार इन्च हो भन्ने अनि कसैले गर्दा भने यो फेल हो भन्ने गरेको उनको भनाई छ ।
निरौलाले यो सेटिङमा बिचौलियामार्फत ट्रायलमा पुग्ने सबै निकायले रकम बुझ्ने गरेको आरोप लगाएका छन् । उनले कहिलेकाँहि त पास भएको भनेर हरियो झण्डा देखाइएको व्यक्तिलाई रसिद लिन पुग्दा क्रस लगाएर दिने गरेको पनि बताए । उनका अनुसार बिचौलियाले संकेत गरेका आधारमा पास र फेल बनाउने गरिएको हो । ड्राइभिङ्ग सेन्टरले बिचौलियालाई रकम दिएको छ भने पास दिएको छैन भने फेल हुने गरेको घटना समेत रहेको बताए ।

निरौलाको आरोपको विषयमा जिल्ला ट्राफिक कार्यालय मोरङका प्रमुख राजन लम्सालले ट्रायल सेन्टरमा रहेको सिसी टिभी फुटेज हेरेर कमजोरी भएको नभएको पत्ता लगाउन सहजै सकिने बताए । उनले कसैले आरोप लगाएका आधारमा मात्रै कसैले गलत बुझ्न नहुने बताएका छन् । यातायात व्यवस्था कार्यालयका प्रमुख रबिन कार्कीले भने यहाँको सबै गतिविधि आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट समेत हेर्न सकिने रहेकोले त्यस्तो कहिंकतै हुनसक्ने संभावना नरहेको दावी गरेका छन् । कार्कीले आफू आएका दुई हप्ता मात्रै भएकोले भर्खरै बुझ्ने काम भईरहेको बताए । उनले अहिलेसम्म दुईतिन पटक आफू पुग्दा त्यस्तो नदेखेको बताए ।
तर, निरौलाले आँखा परीक्षणमा समेत ५०० दिदाँ प्रष्ट देखिने नदिए फेल बनाउने गरेको जिकीरसहित सार्वजानिक रुपमा जानकारी दिएका छन् । उनले सेटिङले हैरान भएपछि दशवर्षदेखि ड्राइभिङ सेन्टर सञ्चालन गर्दै आउँदा अहिले हैरान भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2