प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा गार्ड अफ अनर

<span class='c1'>प्रधानमन्त्री ओलीलाई थाइल्याण्डमा</span> <span class='c2'>गार्ड अफ अनर</span>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा गार्ड अफ अनर दिइएको छ ।

थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीलाई बुधबार बिहान गार्ड अफ अनर प्रदान गरिएको हो ।

सो अवसरमा प्रधानमन्त्री ओलीलाई थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्राले स्वागत गरेकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज थाइल्याण्डकी प्रधानमन्त्री पैटोङटार्न सिनावात्रासँग भेटवार्ता गर्दै छन् । दुई पक्षीय भेटवार्तामा संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ । यसैगरी दुई देशबिचका गैरसरकारी र व्यावसायिक संस्थाबिच विभिन्न छ सहमतिपत्र आदानप्रदान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
यो भ्रमणबाट दुई देशबिचको आपसी सम्बन्ध विस्तार र सहकार्यमा योगदान पुग्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2