‘गामबेसीका कवि’ पुरस्कारका लागि ४ कृति सार्वजनिक

<span class='c1'>‘गामबेसीका कवि’ पुरस्कारका लागि</span> <span class='c2'>४ कृति सार्वजनिक</span>

सुन्दरहरैँचा । गुरुकुल एजुकेशन फाउन्डेसन अन्तर्गत नेपाल कलेज अफ म्यानेजमेन्टले प्रदान गर्ने प्रतिष्ठित ‘गामबेसीका कवि क्षेत्रप्रताप अधिकारी युवा साहित्य पुरस्कार २०८१’ को शीर्ष ४ काव्यसंग्रहको घोषणा गरेको छ।

यस वर्षको पुरस्कारका लागि सिजन श्रेष्ठको ‘हावामा अल्झिएको स्वर’, पल्लविबको ‘लाटी’, सुभासिसको ‘क’ र सुरज रानाको ‘जब कविता निस्कन्छ जुलूसमा’ छनोट भएको हो ।

गत फागुन १ देखि यस वर्षको फागुन १ सम्म प्रकाशित कवितासंग्रहहरू मध्येबाट छनोट भएका यी चार कृतिले नेपाली साहित्यमा नयाँ आयाम थप्ने आयोजकको विश्वास छ। आईएसबिएन नम्बर प्राप्त प्रकाशन गृहबाट वा स्वप्रकाशित ३५ वर्ष ननाघेका कविहरूका गद्य तथा पद्य दुवै शैलीका कवितासंग्रहहरू पुरस्कारका लागि योग्य मानिएको थियो ।

पुरस्कारको मुख्य उद्देश्य नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्‍याउने र युवा कविहरूलाई प्रोत्साहन गर्नु रहेको आयोजकले जनाएको छ । विजेता कविले नगद ५० हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुहुनेछ । पुरस्कार घोषणा समारोह २०८१ चैत २५ गते धोबीघाट, ललितपुरमा आयोजना हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्