२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो : राष्ट्रपति

<span class='c1'>२००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण</span> <span class='c2'>नै रेडियो नेपालले गरेको हो  : राष्ट्रपति</span>

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले २००७ सालको क्रान्तिकोसैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको बताएका छन् ।

बुधबार रेडियो नेपालको ७५ औं वार्षिकोत्सव तथा हीरक महोत्सवमा बोल्दै उनले २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन् ।

उनले भने, ‘२००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना हुन् । २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँगाउँ र जनजनमा पुर्याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका खेलेको थियो । यो मुलुकमा प्रजातन्त्र स्थापनाको ऐतिहासिक घटनाक्रमसँग जोडिएको मात्र होइन देश प्रसारण माध्यमको युगमा प्रवेशको स्थानविन्दु पनि थियो । खासमा २००७ सालको क्रान्तिको सैद्धान्तिक र वैचारिक धरातलको निर्माण नै रेडियो नेपालले गरेको हो भन्ने म ठान्दछु।’

उनले साढे सात दशकदेखि अनवरत रुपमा कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा आफूलाई खुसी लागेको समेत बताए । उनले भने, ‘मुलुकै प्रमुख आमसञ्चारमा रुपमा साढे सात दशकदेखि अनवरत सत्य, तथ्य सूचना, सन्देश र मनोरञ्जनात्मक कार्यक्रम सम्प्रेषण गर्दै आएको रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रुपान्तरण भएको थाहा पाउँदा मलाई अत्यन्त खूसी लागेको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2