कोशी पर्यटन वर्ष २०८२ विशेष : तेह्रथुमको तिनजुरेबाट भ्रमण बर्ष सुरुवात गरिने

<span class='c1'>कोशी पर्यटन वर्ष २०८२ विशेष :</span> <span class='c2'>तेह्रथुमको तिनजुरेबाट भ्रमण बर्ष सुरुवात गरिने</span>

विराटनगर । कोशी पर्यटन वर्ष २०८२ को भ्रमण बर्ष आगामी चैत्र २७ गतेबाट तेह्रथुमको तिनजुरेबाट सुरु गरिने भएको छ । यसका पर्यटन वन तथा वातावरण मन्त्रालयले मुख्य नारा, लोगो र मस्कट सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार एक कार्याक्रमको आयोजना गरी नारा, लोगो र मस्कट सार्वजानिक गरेको हो ।

कोशी प्रदेश सरकारले महत्वका साथ प्रचार गरेको पर्यटन वर्ष २०८२ को आगामी चैत २७ गते तेह्रथुमको तिनजुरे क्षेत्रबाट प्रधानमन्त्री केपि शर्मा ओलीले उद्घाटन गर्ने जनाइएको छ । कोशी प्रदेश भ्रमण वर्षका लागि आवश्यक पूर्वाधार र संरचना तयारी गर्ने उद्देश्यले पर्यटन वर्ष २०८२ मनाउन लागेको हो । त्यसका लागि चालू वर्ष २०८१–८२ को बजेटमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।


मन्त्रालयका सचिव विशाल घिमिरेका अनुसार कोशी प्रदेशको हिमाली क्षेत्रमा पाइने हाब्रेको मस्कट प्रयोग गर्ने निर्णय गरेको छ भने नेपाली राष्ट्रिय झण्डाको कभरमा विश्वमा कोशी टप्पुमामात्र पाइने अर्नाको प्रतिकसँगै सगरमाथा, पहाड, तराई, कोशी नदी र सुन्दर प्राकृतिक सम्पदा झल्काउने प्रतिकहरु प्रयोग गरी लोगो निर्माण गरिएको छ । ‘कोशीको गौरव हिमालको सान, पर्यटन वर्षमा सबैलाई सम्मान’ भन्ने नारा पनि तय गरिएको छ । मुल नारा भने ‘रमणीय कोशी’ रहेको छ ।

मन्त्री मण्डलले कोशी प्रदेशको प्रमुख चार धार्मिक गन्तव्यहरू र पर्यापर्यटन, पैदलमार्गहरुलाई विशेष जोड दिएर पर्यटन प्रवद्र्धन गर्न चाहेको बताए । उनले वराह क्षेत्र, हलेसी, पाथीभरा र रामधुनीलाई प्रवद्र्धन गरेर ठूलो संख्यामा धार्मिक पर्यटकहरु ल्याउन सकिने सम्भावना रहेको बताए ।
छलफल कार्यक्रममा कोशी प्रदेश पर्यटन पर्यटन वर्ष २०८२ को सचिवालयका सहसंयोजकद्वय कृष्ण साह र भविस कुमार श्रेष्ठले पर्यटन वर्षको तयारीका क्रममा भइरहेका कामहरुका बारेमा जानकारी दिएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2