सात राजनीतिक दलले बनाए ‘संघीय लोकतान्त्रिक मोर्चा’

<span class='c1'>सात राजनीतिक दलले बनाए</span> <span class='c2'>‘संघीय लोकतान्त्रिक मोर्चा’</span>

काठमाडौं । सात राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मार्चाको घोषणा गरेका छन् ।

आज (बिहीबार) काठमाडौंमा एक विशेष समारोहको आयोजना गरि जनता समाजवादी पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र राष्ट्रिय मुक्ति पार्टी गरेर सात पार्टी मिलेर संघीय लोकतान्त्रिक मार्चाको घोषणा गरेका हुन् ।

मोर्चाको उद्देश्य सामन्ती, केन्द्रिकृत एकल जातीय÷नश्लीय निरङ्कुश एकात्मक शासन प्रणालीले सृजना गरेका जात÷जाती, लिङ्ग, वर्ण र वर्ग अर्थात वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, सामाजिक, साँस्कृतिक, लैङ्गिक विभेदलगायत सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरी राजनीतिक स्वतन्त्रता, आर्थिक समानता, सुशासन, सामाजिक न्याय सुनिश्चित गर्न जातीय अथवा सामाजिक समुदायहरुको जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी र सहभागितामूलक विभेदरहीत समतामूलक समाजको निर्माण गर्ने रहेको छ ।

यस्तै, मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, महिला, पिछडावर्ग, अल्पसङ्ख्यकलगायत असमानता, शोषण, उपेक्षा र बहीष्करण तथा विभेदमा परेका÷पारिएका, विपन्न वर्ग लगायतका समुदायहरुको पहिचानको मान्यता समानुपातिक समावेशीकरण र सामाजिक न्यायको प्रत्याभूति गराउने उद्देश्य पनि रहेको छ ।

संघीय लोकतान्त्रिक मोर्चामा आवद्ध राजनीतिक दल/पार्टी/संगठनले पालना गर्नु पर्ने आचारसंहिता निम्न बमोजिम रहेका छन् ।

१. मोर्चाको बैठक आलोपालो सबै घटक दलको कार्यालय वा संसदीय दल वा दलहरुको सुविधा हुने
ठाँउमा राखिने छ ।

२. मोर्चाको बैठक आयोजना गर्ने दलले नै उक्त दिनको बैठकको अध्यक्षता र मिडिया संयोजन तथा मिडिया बृफिङ गर्नेछ ।

३. मोर्चामा सहमति वा निर्णय गरिएका एजेन्डा र कार्यक्रम सबै घटक दलले पालना गर्नेछ ।

४. मोर्चाका निर्णयहरु सहमतिका आधारमा गरिनेछ । यसरी सहमतिका आधारमा गरिएका निर्णयहरु नै मोर्चाका आधिकारीक निर्णय र धारणा हुनेछ ।

५. मोर्चासँग विचार मिल्ने दललाई मोर्चाको निर्णय अनुसार मोर्चामा सहभागी गराउन वा त्यस्तो दलसंग सहकार्य गर्न अथवा आमन्त्रित दलको रुपमा सहभागी गराउन सकिनेछ ।

६. मोर्चाका आवद्ध दलहरुले सार्वजनिक रुपमा एक अर्काको आलोचना, घोचपेच नगरी अभिव्यक्ति प्रस्तुत गर्नेछ। तर वैचारिक एवं सैद्धान्तिक सवालमा आ–आफ्नो विचार सार्वजनिक गर्न बाधा पर्ने छैन ।

७. आवश्यक कार्यविधि निर्माण गरी मोर्चाका आवद्ध दलहरुबीच विभिन्न क्षेत्र, तहहरुमा सहकार्य गर्न सक्नेछ ।

८. मोर्चाको मुल समितिमा प्रत्येक घटक दलबाट अध्यक्ष सहित बढीमा ३ जनासम्म सदस्य राख्न सकिनेछ ।

९. मोर्चाको नियमित बैठक संचालन र व्यवस्थापनको निम्ति प्रत्येक घटक दलबाट एकरएक जना सदस्य रहने गरी सचिवालय गठन गरिनेछ । सचिवालयले एजेन्डा, योजना र कार्यक्रमको खाका तयार गरि मुल समितिमा पेश गर्नेछ । यसका अतिरिक्त तोकिएका कार्यहरु गर्नेछ।

१०. मोर्चाले आवश्यकता अनुसार विभिन्न उपसमिति/कार्यदलहरु गठन गरी कार्य गर्न सक्नेछ।

११. मोर्चाका घटकदलहरु मध्ये अधिकांश दललाई कुनै पनि विषयमा तत्काल छलफल गर्न आवश्यक लागेमा बैठक डाक्न सक्नेछ । बैठकको छुट्टै माइन्युट हुनेछ र त्यसको व्यवस्थापन सचिवालयले गर्नेछ ।

१२. बैठकमा सहभागीहरुले मर्यादित रूपमा सद्भावपुर्ण वातावरणमा आ–आफ्नो पार्टीको तर्फबाट धारणा राख्नेछन् ।

१३. मोर्चामा आवद्ध दलहरू मोर्चाको उद्देश्य विपरित नहुने गरि अन्य मोर्चामा आवद्ध हुन वा अन्य दलहरुसँग एकीकरण गर्न वाधा हुने छैन ।

१४. मोर्चा संचालन गर्न कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।

१५. मोर्चामा आवद्ध राजनीतिक पार्टी/दल/संगठनहरु मोर्चामा समान हैसियतमा रही कार्य गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2