कुटपिट भएर गम्भिर घाइते पिडितको जाहेरी मोरङ प्रहरीले नलिएको आरोप

<span class='c1'>कुटपिट भएर गम्भिर घाइते पिडितको</span> <span class='c2'>जाहेरी मोरङ प्रहरीले नलिएको आरोप</span>

विराटनगर । मोरङको धनपालथान गाउँपालिका – ६ रामचोक घर भएका ४० वर्षीया जोगीकुमार महतोलाई निर्घात कुटपिट भएर गम्भिर घाइते भएको घटनामा मोरङ प्रहरीले जाहेरी लिएर अनुसन्धान नगरेको पीडित परिवारले गुनासो गरेका छन् ।

मोरङको नयाँबजारमा मरणासन्न हुनेगरी कुटपिटबाट घाइते भएका जोगीकुमारले न्यायको लागि हारगुहार गरेको भएतापनि प्रहरी प्रशासनले जाहेरी लिन अस्वीकार गरेको बिहीबार विराटनगरमा पत्रकार सम्मेलन गरि गुनासो गरेका हुन् । पत्रकार सम्मेलन गरी मोरङ प्रहरीले जाहेरी दर्ता नगरिददा पीडिक गाउँघरमा खुलेआम हिडडुल गर्दै आएको र आफुले न्यायको पाउन नसकेको गुनासो गरेका हुन् ।
महतोलाई चैत १७ गते राति सवा ८ बजेतिर कटहरीको नयाँ बजारमा विजय सोरेनसहितको समूहले आक्रमण गरेको थियो ।
सडक निर्माणमा मजदुरी गर्ने र ठेकेदारलाई मजदुर उपलब्ध गराउने काम गर्दै आएका महतो त्यस दिन विराटनगरबाट काम सकेर फर्किंदै थिए । उनका अनुसार बोल्न नसक्ने साथी लक्षु महतोसँगै नयाँ बजार पुगेपछि नस्ता गरेर निस्कँदै गर्दा सोरेनसहित दुई जना व्यक्तिले अनावश्यक विवाद शुरु गरेका थिए । पछि थाहा भएअनुसार ती व्यक्तिमध्ये एक जना नयाँ बजारका विजय सोरेन रहेको बताइएको छ ।
‘मैले उनीहरूलाई त्यसो नगर्न आग्रह गरेको थिएँ । तर सोरन र उनीसँग आएकाले पछाडिबाट अचानक मेरो टाउकोमा धारिलो वस्तुले प्रहार गर्दा म उँधो मुन्टो लडेर बेहोस भएँ,’ महतोले पत्रकार सम्मेलनमा भने । करिब १५–२० मिनेटपछि होस फर्केपछि स्थानीयले उनलाई नजिकैको मेडिकलमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि सोही राति कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उनको टाउकोको पछाडिको भागमा ७–८ वटा टाँका लगाइएको थियो ।
गम्भीर अवस्था देखिएपछि चैत १८ गते बिहान नोबेल अस्पतालमा थप उपचारका लागि लगिएको र त्यहाँ एक्स–रे गर्दा उनको देब्रेतर्फको करङ समेत भाँचिएको चिकित्सकले पुष्टि गरेका छन् ।
घटनाको भोलिपल्ट चैत १८ गते कटहरी प्रहरीले महतोकी श्रीमतीलाई फोन गरी तुरुन्त जिल्ला प्रहरीमा पुगेर निवेदन दिन आग्रह गरेको थियो । उपचाररत पतिको कुरुवामा बस्नुपरेकाले भोलि आउने बताउँदा प्रहरीले ‘त्यस्तो हुँदैन, आजै निवेदन दिनु’ भनेर अह्राएपछि १२ वर्षीय छोरा राकेश कुमार महतोलाई कुरुवाको रूपमा राखेर श्रीमती जिल्ला प्रहरी कार्यालय मोरङ पुगेकी थिइन् ।
मोरङका प्रहरीका प्रवक्ता डिएसपी वेद प्रकाश जोशीले घटना भएपछि पीडित प्रहरीमा बोलाउँदा उल्टै ढिलो गरि आएको बताए । ‘त्यस दिन हामीले पीडिक भनेका व्यक्तिलाई पनि समातेर ल्याएका थियौ । तर, पीडितले जाहेरी दिन आएनन । प्रहरीले २४ घण्टा भन्दा बढी कुनै पनि व्यक्तिलाई विना आधार त्यसै थुनामा राख्न मिल्दैन । त्यो भएको हामीले जाहेरी दिन बोलाएको थियौ । तर, पीडित आफै नआएको हो । अहिले पनि आए हामी जाहेरी लिएर थप अनुसन्धान गर्नेछौं,’ डिएसी जोशीले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2