डाक्टरको लापरबाहीले बिमारीको मृत्यु भएको आरोप, अस्पतालको विज्ञप्ति यस्तो छ

<span class='c1'>डाक्टरको लापरबाहीले बिमारीको मृत्यु भएको</span> <span class='c2'>आरोप, अस्पतालको विज्ञप्ति यस्तो छ</span>

विराटनगर । विराटनगरमा रहेको नोबेल शिक्षण अस्पतालका चिकित्सकको लापरवाहीले उपचारर्थ एक महिलाको ज्यान गएको भन्दै पीडित परिवारले चिकित्सकलाई कारबाही र क्षतिपुर्ति माग गरेका छन् ।

सुनसरी इनरुवाकी विमला थापा पोखरेलको मृत्यु भएपछि मृतकका परिवारले आज(बिहीबार) विराटनगरमा पत्रकार सम्मेलन गरी उपचारमा संलग्न चिकित्सकलाई कारबाहीको माग सहित क्षतिपुर्तिको माग गरेका छन् ।

नोबेल हस्पिटलका फोक्सो रोग विशेषज्ञ डा. रामहरि घिमिरे र डा.रुपक केसीविरुद्ध मोरङ अदालतमा बुधबार फिराद पत्र दर्ता गराएका मृतकका छोरा सुशान्त रमन पोखरेलले पत्रकार सम्मेलनमा जानकारी गराए । मृतकका श्रीमान महेश्वर पोखरेलको जाहेरीमा मोरङ अदालतमा संविधानको धारा ४२ (२), उपभोक्ता संरक्षण ऐनको दफा ३ को ५० र ५१ बमोजिम क्षतिपूर्ति माग गरिएको छ । पाँच करोड रुपैयाँ क्षतिपूर्ति मार्फत विपक्षीबाट असुल उपर हुनुपर्ने माग दाबी फिरादपत्रमा गरिएको छ । अदालतले पीडित परिवारलाई आगामी वर्ष २०८२ साल जेठ ६ गतेको तारेख दिएको छ ।

घटना यसरी भएको थियो :

माघ १० गते सुनसरी इनरुवाकी विमला सामान्य श्वासप्रश्वासको समस्या देखिएपछि नोबेल हस्पिटलको ओपीडीमा आएकी थिइन् । त्यसपछि उनलाई हस्पिटलमा भर्ना गरियो । नोबेल मेडिकल कलेजका प्राचार्य समेत रहेका डा. रामहरि घिमिरेले बिरामीको ढाडको दुखाइ पनि निको पारिदिन्छु भनी उपचार गर्दा बिरामी आमाको माघ २१ गते मृत्यु भएको छोरा सुशान्त रमन पोखरेलको भनाइ छ । ‘मोर्फिन’ नामक औषधि हाइडोज दिएको कारणले आमाको मृत्यु भएको उनको आरोप छ । सधैँ हिँडडुल गरिरहने फूर्तिलो स्वभावकी पोखरेल श्वासप्रश्वासमा समस्या देखिएपछि माघ १० गते नोबेल अस्पताल पुगिन् । ओपीडीमा जाँच परीक्षणका लागि गएकी उनलाई अस्पतालले फोक्सोमा दीर्घकालीन अवरोध सम्बन्धी रोग सीओपीडी र रक्तअल्पताको समस्या देखिएको बताईयो । चिकित्सकको सल्लाह बमोजिम भर्ना भई उनको उपचार प्रक्रिया सुरु भयो । एक साताको उपचारपछि डा. घिमिरेले नै डिस्चार्ज गर्न परिवारलाई सुझाव दिए ।

निको भएर डिस्चार्ज हुन लागेपछि बिरामीले सँगै रहेका अन्य बिरामीलाई फलफूल जुससमेत बाँडिसकेको परिवारको भनाइ छ । तर, त्यही दिन उक्त मेडिकल कलेजमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भ्रमण थियो । ‘स्वास्थ्य मन्त्रीको भ्रमणका कारण अस्पतालले डिस्चार्ज गर्न नमिल्ने जानकारी गराएको थियो । हामी अस्पतालमा बस्न बाध्य भयौँ,’ मृतकका श्रीमान् महेश्वरले दायर गरेको फिराद पत्रमा उल्लेख छ ।

श्रीमान् महेश्वरका अनुसार विमलाको ढाडमा २०–२५ वर्षदेखि सामान्य दुखाइको समस्या थियो । अर्थोपेडिक डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरिरहेकी थिइन् । डिस्चार्ज भइसकेकी विमलाको ढाड दु:ख्ने समस्या देखियो । अर्को दिन डा. घिमिरे राउन्डमा आएनन् । माघ २० गते राउन्डमा आउँदा विमलाले आफ्नो ढाडको समस्या सुनाइन् । त्यसपछि डा. घिमिरेले हतार नगर्न बताउँदै एलबीपी (ढाडको तल्लो भागको दु:खाइ ठीक हुने औषधि) लेखिदिन्छु भनेर सोही दिन ‘मोर्फिन’ नामक औषधि खान दिएको फिरादपत्रमा उल्लेख छ । डा. घिमिरेको सिफारिसमा अर्का डा.रुपक केसीले उक्त औषधि लेखिदिएको परिवारको दाबी छ । ‘डा. रामहरि घिमिरे र डा. रुपक केसीले ड्रग्स स्लीपमा सहीछाप समेत गरेर मोर्फिन सेवन गर्न लगाउनुभयो । मोर्फिन सेवन पश्चात् मेरी पत्नीलाई अत्यन्तै असहज भयो । ज्वरो आउने र श्वासप्रश्वासमा समस्या उत्पन्न भयो । वार्डमा कार्यरत नर्सलाई बताउँदा समेत बेवास्ता गर्नुभयो,’ फिरादपत्रमा भनिएको छ, ‘माघ २१ गते रातभरी मेरी पत्नी पीडामा छट्पटाइन, बिहान पख बेहोस भइन् । मैले रोइकराई गरेपछि आईसीयूमा लगियो र अघिल्लो दिन डिस्चार्ज हुन लागेकी मेरी पत्नीलाई विपक्षी (अस्पताल)ले मृत घोषणा गरिदियो ।

गलत औषधि दिई गम्भीर लापरवाही गरेका कारणले आमाको मृत्यु भएको छोरा सुशान्तको आरोप छ । कडा कारबाहीको माग मृतक परिवारले उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कडा कारबाहीको माग गरेका छन् ।

यता अस्पताल प्रशासनले भने चिकित्सकको लापारबाही नभएको दाबी गरेको छ । अस्पतालले आज(बिहीबार) एक प्रेस विज्ञप्ती जारी गर्दै विरामीको मृत्यु हुनुमा चिकित्सको कुनै पनि लापारबाही नभएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ, बिरामी निको भएर डिस्चार्ज हुन लागेको बेला माघ २१ गते अचानक श्वासप्रश्वासमा समस्या देखिएपछि संघन उपचार कक्षमा उपचार सुरु हुने क्रममा बिरामीको मृत्यु भएको जनाएको छ। साथै स्वास्थ्य मन्त्री प्रदिप पौडेलको कारणले बिरामीको डिस्चार्ज रोकिएको भन्ने हल्ला गलत भएको अस्पतालले जनाएको छ । प्रदिप पौडेल हस्पिटलमा भ्रमण नगरेको समेत विज्ञप्ती मार्फत जानकारी गराएको छ ।

हेर्नुहोस् अस्पतालले जारी गरेको विज्ञप्ती :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2