प्रेम देवान
विराटनगर । माईकिङ्ख गर्दै हिडिरहेका व्यक्ति विराटनगरका सामाजिक अभियान्ता पारुल क्षेत्री हुन् ।
माईकिङ्खमा सबैलाई घर बाहिर आएर आफ्नो घरटोल सफा गरौ भन्दै सुचना गरिरहेका छन् । विराटनगर महानगरपालिका १० स्थित विद्यापथ मार्गमा आज (बिहीबार) विहानै काखेबालक च्यापेर श्रीमतीसहित उक्त स्थानमा पुगेर स्थानीयवासीलाई सरसफाईमा साथ दिन आग्रह गरिरहेका छन् ।
विद्यापथ मार्गलाई हरियाली बनाएर नमुना मार्गको रुपमा बनाउने उहाँहरुको संकल्प छ । विराटनगरमा रहेका विभिन्न समाजसेवी महिला दिदीबहिनी , दाजुभाईहरु आवद्ध भई हरियाली समुह नाम बनाएर विराटनगरलाई सफा सुन्दर बनाउने संकल्प बोकेर अगाडी बढिरहेका छन् । हुनत हरियाली समुहले विराटनगरका सडकपेटीमा ८ हजार बढी विरुवा रोपिसेकोको दावी छ । आगामी दिनमा विराटनगरको ढाटदेखी रानी सम्मको १२ किलोमिटर सम्म १२ हजार विरुवा रोप्ने अभियानमा छन् ।
यसैबीच हरियाली समुहले विराटनगर १० मा रहेको ओडिसी स्कुलदेखी पुर्व नारायण प्रावि स्कुल सम्मको रोडका दुवै साईडलाई सरसफाई गरी फुल रोपेर हरियाली बनाउने संकल्प बोकेको सो समुहकी अभियान्ता सुनिता पौडेल भट्टराईले बताईन् ।
यसअघि यस क्षेत्रमा वृक्षारोपण गरी बोट विरुवा लगाई घेरबार समेत गरेको सुनिताको भनाई छ । हाल विद्यापथ मार्गमा एकदमै फोहोर देख्न सकिन्छ । सडक मै फोहोरहरु थुपारिएका छन् । तर कसैले सफा नगरेपछि हरियाली समुहले सो क्षेत्रलाई नमुना मार्गको रुपमा बनाउने संकल्प लिएका छन् ।
नालाका ढक्कनहरु खुला छन् । ढक्कनहरु खुला भएका कारण गहिरो नालामा धेरै पटक घरपुलवा जनवारहरु खसेको स्थानियवासीको भनाई छ । उत्त मार्गलाई सरसफाई गर्नको लागि विराटनगरको मध्यभागमा रहेको स्वास्थ्य र शान्तिका लागि वातावरण नेपाल, विराटनगर युनियन टिमले साथ दिईरहेका छन् । तर सरसफाई गर्न भने त्यही रहेका स्थानीयवासीले भने खासै साथ दिईरहेका थिएनन् ।
पारुल क्षेत्री विराटनगर ५ का हुन् ।तर पनि अरु वडाहरुमा पुगेर यसरी अरुको घर आगान अगाडी गएर सरसफाई गरिरहँदा त्यहाँका स्थानीयवासी भने हात बाधेर बसिरहेका देखिन्थे । आफुहरुको यो अभियानमा साथ दिए अझ राम्रो हुने पारुल क्षेत्री बताउछन् ।
आफुहरु कुनै सरकारी नत एनजिओ न आईएजीओ कुनै पनि निकाय नभएका कारण स्वत स्फुर्त रुपमा एक सचेत नागरिक भएका कारण विराटनगरको सरसफाई अभियानमा जोडिएका हौ । विराटनगर शहर सफा सुन्दर देखियोस भनेर संकल्प बोकेर विद्या मार्गमा यो अभियान अगाडी बढेका हौँ ।’ यता स्थानीयवासीले भने हरियाली समुहले गरेको कार्यको राम्रो प्रशंसा गरिरहेका थिए ।
हुनत ‘आफ्नो टोल आफै सफा गरौ’ भनेर विराटनगरका धेरै ठाउहरुमा यो अभियान चलिरहेको पनि छ । तर कतिपय स्थानमा भने सरसफाई गर्ने टोली पुग्दा पनि साथ सहयोग नगर्दा अच्चम लागेर आउछ । र अर्को भन्न मन लागेको कुरा विराटनगर महानगरपालिकाले पनि सरसफाईको लागि भनेर करोडौँ बजेट छुटाएको हुन्छ । तर पनि विराटनगर शहर भने जस्तो सुफा र सुन्दर भने देखिदैन ।
विराटनरलाई सफा सुन्दर बनाउने मुख्य दायित्व त महानगरको हो । तर एउटा सचेत नागरिकको हिसाबबाट पारुल क्षेत्रीको टिमले विराटनगरलाई हरियाली सफा सुन्दर बनाउने संकल्प बोकेर हिडेको यो अभियान सहरनीय छ । तपाईहरुको यो महान कार्यप्रति हाम्रो सदैभ सदभाव कायम रहिरनेछ । आगामी दिनहरुमा पनि तपाईहरुको यो कार्यलाई निरन्तरता दिईरहनुहोस शुभकामना र अब तपाई हामीले पनि हरियाली समुहलाई साथ र सहयोग गर्नु आवश्यक देखिएको छ ।