विराटनगरको विनायक स्कुलमा ३८ जना विद्यार्थी दिक्षित

<span class='c1'>विराटनगरको विनायक स्कुलमा ३८</span> <span class='c2'>जना विद्यार्थी दिक्षित</span>

विराटनगर । विराटनगर – १२ स्थित विनायक वोर्डिङ सेकेण्डरी स्कुलमा अध्ययरत ३८ जना विद्यार्थी दिक्षित भएका छन् । स्कुलमा बुधबार एक कार्यक्रम आयोजना गरि ३८ जना विद्यार्थीहरूलाई दिक्षित गरिएको हो ।

युकेजीबाट कक्षा १ मा उत्तिर्ण हुने विद्यार्थीहरूलाई भव्य कार्यक्रम आयोजना गरि दिक्षित गरिएको स्कुलका प्रिन्सिपल मिथलेश ठाकुरले जानकारी दिए ।

दिक्षित भएका विद्यार्थीहरूलाई प्रमाणपत्र प्रमुख अतिथि विराटनगर प्याब्सनका अध्यक्ष अर्जुन श्रेष्ठ, स्कुलका प्रिन्सिपल ठाकुर र स्कुलका प्रवन्धक निर्देशक कमलेश ठाकुरले वितरण गरेका थिए । सोही अवसरमा स्कुलका विद्यार्थीहरूले नृत्य र गायन प्रस्तुत गरि सहभागि भएका अभिभावहरुलाई मनोञ्जन प्रदान गरे।

कार्यक्रमको प्रमुख अतिथि प्याब्सन विराटनगरका अध्यक्ष श्रेष्ठले विद्यार्थीहरुलाई आगामी यात्राको लागि सफलताको शुभकामना दिए । उनले गुणस्तरीय शिक्षासँगै सिपयुक्त शिक्षा प्रदान गरेर अगाडी बढनुपर्नेमा जोड दिँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरि अभिभावकको मन जित्नुपर्ने सुझाब समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2