आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

<span class='c1'>आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने</span> <span class='c2'>वातावरण बनाऔं : डा.शेखर कोइराला</span>

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् ।

विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक्रिया आएको हो ।

‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार र महासङ्घ बीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु,’ डा.कोइरालाले सामाजिक संजालमार्फत भनेका छन् । महासंघले आइतबार बिहान विज्ञप्ति गारी गर्दै सोमबारदेखि देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्