गणतन्त्रवादीका कमजोरीमा खेलिरहेछन् राजावादी

<span class='c1'>गणतन्त्रवादीका कमजोरीमा</span> <span class='c2'>खेलिरहेछन् राजावादी</span>

गणतन्त्रको संस्थागत अभ्यास चानचुन १६ वर्षभयो । राज्यव्यवस्था नै परिवर्तन भएपछि अभ्यासरत रहेको गणतन्त्र मास्न राजावादीहरु उद्यत देखिन्छन् । मानौं की गणतन्त्रवादीहरुको १६ वर्षे अभ्यासले देशलाई अस्तव्यस्त बनायो भन्ने आशयसहित २४० वर्षको राजतन्त्रात्मक साशन पुर्नस्थापित गर्ने भ्रम जगाउन खोजिदैछ । सुधार गर्न बाँकी रहेका विषय बाहेक गणतन्त्र नेपाली नागरिकको साझा व्यवस्था हो । राजतन्त्र नेपाली नागरिक रैती बन्ने र शाह बंशको राज्यव्यवस्थामा हालिमुहाली हुने शासन पद्धती हो ।

गणतन्त्रमा देखिएका केहि विकृति–विसंगतिमा पछिल्लो समय राजावादीहरु सल्बलाएका छन् । सल्बलाउन उनीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहको आडमा हिंसात्मक प्रदर्शन थालेका छन् । पछिल्लो चैत १५ गते काठमाण्डौंमा राजावादीहरुको भड्किलो प्रदर्शनले दुईजनाको ज्यानै गयो भने निजी तथा सरकारी सम्पत्तिको नास गरिसकेको छ ।
गणतन्त्रले बेथिति, विसंगति, कुशासन, भ्रष्टाचार, बेरोजगारी जस्ता विषयलाई मलजल गरेको राजतन्त्रवादीको मिथ्या आरोप छ । राजसंस्था फर्किए राजाले भ्रष्टचार, कुशासन अन्त्य गर्दछन् भन्ने अलापको झनै गलत भाष्य छ । खासमा राजसंस्था फर्किए देश चाँहि अझै विकासको गतिमा ५० औं वर्ष पछाडी धकेलिनेछ । सामाजिक विभेद समाजमा अझै व्याप्त हुँदै झ्याङगिने छ ।

मुलुकलाई समृद्ध बनाउन राजा चाहिने भए २४० वर्षमा किन मुलुक अझै कमजोर बन्यो ? राजाले जादुको छडीले सबै समस्या समाधान गर्ने भए जनताबाट गद्दीच्यूत हुनुपर्ने स्थिति त पक्कै आउने थिएन होला । शाहवंशीय राजा–महाराजाले देशबाट गरिबी नहटाएकै कारण नागरिकले स्वतन्त्रताको माग गर्दै उनलाई हटाएको कुरा राजावादीहरुले बिर्सन हुँदैन । जनजीविका नै चलाउन नसक्ने नागरिकलाई गाउँगाउँमा दास जस्तो बनाउने शासन व्यवस्था थिया,े राजतन्त्र । गणतन्त्रसँगै नागरिक स्वतन्त्र भएपछि आफ्नो विकल्पको रोजीरोटी आफैं खोजिरहेका छन् । गरिरहेको काम भन्दा उन्नततर्फ हाम फालिरहेको छन् । विकल्पका बाटोहरु पहिल्याउने चेतना जगाईरहेको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह गद्दीबाट हटाइएपछि नेपालभित्र घुमघाम गर्न र आफ्नो कर्म गर्न पाएकै छन् । अझै उनलाई गणतत्रमा बढी सुविधा पनि छ । गणतन्त्रले दिएको सुविधा उपयोग गरेर गद्दीमा फर्किन मठ–मन्दिरको सहारा लिँदै धर्म कट्टरताको खोल ओड्न उनी खोज्दैछन् । त्यसलाई मलजल गर्न राजावादी दलहरु र यसको समर्थनमा देखिएका केहि अपराधिक मनहरुउचालिने प्रयासमा देखिन्छन् । राप्रपाले पनि बुझोस संघीय लोकतान्त्रि गणतन्त्र भित्रको संरचना उपयोग गरेर राजतन्त्रको भारी बोक्दा हुनसक्ने संभावित जोखिम उसका लागि कम पर्ने देखिदैन । अझै हिन्दुत्वको कट्टरता भित्र देखिएका छद्मभेषी दुर्गा प्रसाँईसँगै उभिएर राप्रपाले राजा फर्काउने अभियान चलाउनु उसका लागि दुई डुंगामा खुट्टा हुनसक्छ । नेपालको लोकतान्त्रिक संघीय संविधानले तोकेको परिधी भित्र बसेर निर्वाचन लड्ने, संसदमा प्रवेश गर्ने, पाउँदा सरकारमा पुग्ने र लाभको पद समेत खाने अनि राजतन्त्र फर्काउने नाममा अनावश्यक बितण्डता मच्चाउने कार्यले राप्रपा भविष्य कमजोर बनिरहेको उनीहरुले बुझ्नुपर्ने अर्को महत्वपूर्ण विषय हो ।

राजावादीहरुले संघीयता खारेजीको मागलाई आफ्नो प्रमुख मागमा समावेश गरेका छन् । गणतन्त्रवादी दलहरुको केन्द्रीकृत मानसिकताले राजावादीहरुलाई हौसाएको मात्रै हो । यदि अधिकारलाई प्रदेश र स्थानीय तहसम्म झार्ने हो भने नागरिकले राजा भन्ने शब्द उच्चाहरण पनि गर्न नमान्ने दिन आउँछ छ । तर, दलहरुले नेपालमा संघीयताको कार्यन्वयनलाई उदारता देखाउन जरुरी छ । केन्द्रीकृत मानसिकताबाट दलहरु माथि उठ्न जरुरी छ । संघीयताविरोधी भाष्य तोडेर शीर्ष नेतृत्वले संघीयतालाई बलियो बनाउन अगाडि बढ्ने बित्तिकै राजावादीहरुले लगाएको रहेको भावानात्मक नारा आफैं सुस्त सुनिने छ । निष्कर्षमा गणतन्त्र भन्दा उत्तम व्यवस्थाको विकल्प राजतन्त्र भन्ने स्थिति नागरिकमा आउन नदिनु चाँहि गणतन्त्रवादी दलहरुको कर्मले निर्धारण गर्दछ । यदि गणतन्त्रवादी दलहरु नागरिकप्रति सचेत हुँदै आफ्नो नियतमा सफा भएभने मरिसकेको राजतन्त्रको फर्किने संभावना नै छैन । यति मात्रै हैन, यसको पक्षमा उभिएकाहरु २०८४ को निर्वाचनपछि संसदमा शुन्य हुनसक्ने संभावना पनि उतिकै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2