लोकतन्त्रको अनुभव भएको छैन : मेयर साम्पाङ

<span class='c1'>लोकतन्त्रको अनुभव भएको छैन</span> <span class='c2'>: मेयर साम्पाङ</span>

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले लोकतन्त्रको अनुभव नभएको बताएका छन् ।

आइतबार साँझ काठमाडौं आएका मेयर साम्पाङले सञ्चारकर्मीहरुसँग कुरा गर्दै लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्ने भन्दै त्यसको अनुभव नभएको बताएका हुन्।

‘लोकतन्त्रको अनुभव भएको छैन । भोली सिंहदरवार जानुपर्ने त्यहाँ जान पनि सेटिङ गरेर जानुपर्नेखालको स्थिती छ । अब, मलाई त त्यो हुन्छ भने सर्वसाधरण जनताले मन्त्रिलाई भेट्न सक्छ ?,’ उनले भने । उनले थप भने, ‘लोकतन्त्रमा जनता सार्वभौम हुनुपर्छ । पार्टी होइन । जुन सुकै पार्टीबाट चुनीएर आए पनि हामी जनताको प्रतिनिधीत्व गर्ने ठाउँमा पुगिसके पछि त्यहाँ पार्टीगत लविङ, पार्टीगत सेटिङ भन्दा माथी उठेर काम गर्नुपर्छ । त्यो नभएर राजतन्त्रको माग भईरहेको छ ।’

उनले सरकारले जनप्रतिनिधी र जनताको कुरा नसुन्ने र जसको कारण पनि जनता रुष्ट भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्