आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम : कोशी, बागमती</span> <span class='c2'>र गण्डकी प्रदेशमा वर्षाको सम्भावना</span>

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण देशका पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहेको छ ।

यस्तै, महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा भने हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यस्तै, रातिमा भने देशभर मौसम मूख्यतया सफा रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2