सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने

<span class='c1'>सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय</span> <span class='c2'>स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने</span>

सभापति रवि लामिछानेको पक्राउको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी मानवअधिकार आयोग जाने भएको छ । न्यायिक प्रक्रिया नपुर्‍याई प्रहरीले गरेको पक्राउ, धरपकड, पक्राउ गर्नुअघि प्रहरीले सोधेको अन्तिम इच्छालगायतका विषयमा रास्वपाले आयोग जाने तयारी गरेको रास्वपाकी सहप्रवक्ता तथा लामिछानेको सचिवालय प्रमुख प्रतिभा रावलले जानकारी दिइन् ।

शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । रास्वपाले लामिछानेलाई प्रक्रिया नपुर्‍याई पक्राउ गरिएको भन्दै विरोध गरिरहेको छ ।

शनिवार रास्वपाले भरतपुरमा आयोजना गरेको जनयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा।स्वर्णिम वाग्लेले सोमबार उच्च अदालतको आदेशविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च जाने बताएका थिए ।

यद्यपि आजै भने आफूहरू सर्वोच्च नजाने सह प्रवक्ता रावलले बताइन् । उनले आफूहरूले कानुनी राय लिएर छलफल गरिरहेको बताउँदै मानवअधिकार आयोग जाने तयारी गरेको बताइन् । ‘आयोग र सर्वोच्च जाने तयारी गरेका छौँ । त्यसका लागि छलफलमै छौँ । कुन दिन जाने भन्ने तय भैसकेको छैन,’ उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2