विराटनगर। कोशी प्रदेशका आँखाका रोगीहरूका लागि एक महत्वपूर्ण अवसर आउन लागेको छ। काठमाडौंस्थित ख्यातिप्राप्त तिलगंगा आँखा अस्पतालका भिट्रियो-रेटिना सर्जन तथा रेटिना विभाग प्रमुख प्रा. डा. रवा थापा आगामी वैशाख ४ र ५ गते विराटनगरको रामलाल गोल्छा आँखा अस्पतालमा सेवा प्रदान गर्ने भएका छन्। डा. थापा विशेषगरी रेटिना सम्बन्धी जटिल समस्याहरूमा विज्ञ मानिन्छन्। उनी मधुमेहका कारण देखापर्ने आँखाका समस्या, वृद्धावस्थामा देखिने रेटिनाका रोग, र अन्य जटिल आँखाका समस्याहरूको उपचारमा दक्ष मानिन्छन्। रामलाल गोल्छा आँखा अस्पतालका अनुसार, डा. थापाको उपस्थितिमा हुने सेवा कोशी प्रदेशका आँखाका रोगीहरूका लागि एक दुर्लभ अवसर हो। अस्पतालले सेवा लिन चाहनेले समयमै नाम दर्ता गराउनु पर्ने जनाएको छ। उक्त विशेष सेवा अन्तर्गत जाँच तथा परामर्शका लागि अस्पतालमा पहिल्यै सम्पर्क राख्न अनुरोध गरिएको छ।