हङकङमा जारी चारदेशीय टी–२० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले लगातार दोस्रो जीत हात पारेको छ । बिहीबार बिहान नेपालले कुवेतलाई ६ विकेटले हराएको हो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८१ रन बनाए ।कुवतले दिएको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि कुशल भुर्तेलले सानदार इनिङ खेले । उनले ५० बलमा ८१ रन बनाए । आशिफ शेखले ३८ बलमा ५३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले १२ बलमा ३१ रन बनाए ।
कुशल मल्ल ४ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ४ र गुल्सन झा ९ रनमा नटआउट रहे ।