विराटनगरका घरमा उत्पादन फोहोर, ३६ हजार पुगे सरसफाई सदस्यता कार्ड लिने

<span class='c1'>विराटनगरका घरमा उत्पादन फोहोर, ३६ हजार</span> <span class='c2'>पुगे सरसफाई सदस्यता कार्ड लिने</span>

इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले सुरु गरेको सौन्दर्यकरण र शहर सरसफाई कार्यक्रम उल्लेखनीय सुधार देखिएको छ। जथाभावी फोहोर फ्याँक्ने प्रवृत्तिमा न्युनीकरणसँगै घरमा उत्पादन भएको फोहोर संस्थागत रुपमा हटाउन नागरिकको सहभागिता बढ्दै गएको हो ।
स्थानीय सरकारले सरसफाईमा चासो बढाएसँगै नागरिकमा समेत सचेतना बढ्दै गएको छ । महानगरपालिकाले विराटनगरको १९ वडालाई उत्तरी, मध्य र दक्षिणी गरी तीन क्षेत्रमा विभाजन गरी निजी कम्पनीलाई ठेक्का दिएको थियो । यी कम्पनीहरूले आफ्नो कार्यक्षेत्रमा पर्ने वडाहरूमा निरन्तर सरसफाई गर्दै घरमा उत्पादन भएको फोहोर संकलनमा सफलता हाँसिल गर्दै आएका हुन् ।

महानगरका सरसफाई शाखाका प्रमुख पुनम दाहालका अनुसार, विराटनगरमा सफाईमा सुधार आउनुमा यहाँका नागरिक र मिडियाले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन् । उनले भने हामीले जथाभावी फोहोर फ्याँक्ने नागरिकलाई पहिचान गरी जरिवाना तिराउने व्यवस्था गरेका छौं र यसमा नगरवासीहरू स्वयंले सहयोग गरिरहेका छन्। महानगरपालिकाले सुर्तीजन्य वस्तुको बिक्री वितरण निषेध गर्नका लागि गरेको निर्णय कार्यन्वयनमा आउन सकेन । यदि यो कार्यक्रम समेत कार्यन्वयन भएको भए शहरको फोहोर त्यसैपछि कम हुने थियो । तर, सुर्तीजन्य वस्तु बिक्रेताहरुले सरसफाई सदस्यता कार्ड लिएर निस्कने फोहोरलाई डस्टबिनमा जम्मा गर्ने गरेपछि चोकहरुमा केहि कम भने भएको छ ।

महानगरपालिकाले प्रत्येक सफाई कम्पनीलाई दैनिक १० जनाका दरले कुल ३० जना सफाई कर्मचारी उपलब्ध गराउँदै आएको छ। ठेकेदार कम्पनीहरूले घरघरबाट फोहोर संकलन गरेबापत नागरिक तथा व्यवसायीहरूबाट शुल्क लिने गर्दछन् । त्यस वापत महानगरपालिकाबाट समेत मासिक भुक्तानी प्राप्त गर्छन्।

आर्थिक वर्षमा महानगरपालिकाले सरसफाईमा ४९ लाख ८५ हजार रुपैयाँ खर्च गरेको छ। जसमध्ये उत्तरी क्षेत्रको सफाई कम्पनीलाई ८ लाख ४३ हजार, मध्य क्षेत्रको कम्पनीलाई १ लाख ७९ हजार र दक्षिणी क्षेत्रको कम्पनीलाई २७ लाख २८ हजार रुपैयाँ भुक्तानी गरिएको छ। यो पहिलाको भन्दा कम रकम समेत हो ।
सरसफाई नियम उल्लंघन गर्नेहरूबाट ९० हजार रुपैयाँ जरिवाना असुल भएको तथ्यांक छ। महानगरपालिकाले सबै नागरिकलाई सरसफाई सदस्यता कार्ड अनिवार्य गराएको छ र कार्ड नलिनेले महानगरबाट अन्य कुनै सेवा सुविधा प्राप्त गर्न नपाउने नियम बनाइएको छ। शाखा प्रमुख दाहालका अनुसार अहिलेसम्म कुल ३६ हजार नागरिकले सरसफाई सदस्यता लिएका छन्, जसमध्ये चालु आर्थिक वर्षमा मात्र पाँच हजार थपिएका छन्।

यद्यपि, अझै पनि केही नागरिकहरूले नियमको उल्लंघन गर्दै घरको फोहोर सडकमा फ्याँक्ने पनि पाइन्छ । तर, महानगरपालिकाले यस्तो कार्य गरेको भेटेमा तत्काल जरिवाना भराउने गरेको छ । महानगरपालिकाले सरसफाईमा थप सुधार ल्याउन निरन्तर प्रयास गरिरहेको दाहालले जानकारी दिएका छन् ।
महानगरपालिकाले २०७९ साल मंसिर १ गतेदेखि मासिक भुक्तानी गर्नुपर्ने दायित्व ४ लाख ३५ हजार एक रुपिँयामा झारेर तीन कम्पनीलाई फोहोर संकलन गर्ने जिम्मेवारी सुम्पिएको थियो । महानगरको उत्तरी क्षेत्र अन्तर्गत वडा नं १,२,३,४,५ र १९ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी नेपाल फुलबारी वेष्ट थ्री आर पोलुशन कन्ट्रोल सर्भिस प्रा.लि.लाई मासिक ८८ हजार भुक्तानी गर्ने गरिएको छ । त्यस्तै विराटनगरको मध्यभाग अन्तर्गत वडा नम्बर ६,७,८,९, १० र ११ को फोहोर संकलन र व्यवस्थापनको जिम्मेवारी स्वास्थ्य र शान्तिका लागि बाताबरण नेपाल नामक सस्थाले जिम्मा लिइएको छ । यसले महानगरपालिकासँग मासिक एक रुपिँया मात्रै लिने गरि सम्झौता गरेको थियो । पाँचवर्षको ठेक्काका लागि यो संस्थाले ६० रुपिँया मात्रै बोलकबोल गरेको हो ।

त्यसैगरी विराटनगरको दक्षिणी क्षेत्र वडा न १२, १३,१४ १५ १६ १७ र १८ आर एसडी सप्लायर्स सर्भिसेज प्रा।लि।ले फोहोर संकलन र व्यवस्थापन गर्ने गरी सम्झौता गरेको छ । जसलाई महानगरपालिकाबाट मासिक तीनलाख रुपिँया भुक्तानी गरिन्छ । यी कम्पनीहरुको पछिल्लो सम्झौताको अवधी अब २० महिना मात्रै बाँकी रहेको छ ।
घरमा उत्पादन भएको फोहोर संकलन र व्यवस्थापनका लागि मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक मासिक दुईसय रुपिँया सेवाग्राहीले बुझाउने गरि कम्पनीले जिम्मा लिएका छन् । विराटनगर महानगरपालिकाको स्वामित्वमा रहेका सफाईकर्मीलाई समेत निजी कम्पनिको जिम्मा लगाइएको छ । तीनै कम्पनिलाई महानगरपालिकाले १०–१० जना सफाई मजदुर समेत दिदैं आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्