विराटनगर । नयाँ वर्षको अवसरमा विराटनगर–७ स्थित एप्पलको आधिकारिक बिक्रेता ए टु जेड मोबाइल स्टोरमा ‘एप्पल एक्स्पेरिएन्स जोन थप गरिएको छ। आइफोनका सम्पुर्ण भर्सन सहज रूपमा परीक्षण र अनुभव गर्न सकिने व्यवस्था सहितको यो जोनले ग्राहकलाई नयाँ स्तरको सेवा दिन सुरु गरेको छ।

अब एप्पलका नयाँ मोडलहरू सार्वजनिक भए लगत्तै ए टु जेड मोबाईल स्टोरमा सहज रूपमा उपलब्ध हुनेछन्। २५ वर्षदेखिको सफल सेवा यात्रामा रहेको ए टु जेड मोबाईल स्टोरले ग्राहकलाई उच्चस्तरीय सुविधा दिन निरन्तर प्रयास गरिरहेको संचालक जगदिश डागाले जानकारी दिए। उनका अनुसार, नयाँ वर्षको अवसरमा स्टोरबाट कुनै पनि सामग्री खरीद गर्दा विशेष उपहारको समेत व्यवस्था गरिएको छ। ए टु जेड मोबाईल स्टोरमा आईफोनका विभिन्न भर्सन तथा लेटेस्ट मोडलहरू सजिलै पाउन सकिन्छ।

जिनेक्स्ट का आधिकारिक प्रतिनिधि लोकेश पोखरेलका अनुसार, स्टोरलाई एप्पल एक्स्पेरिएन्स जोनको रूपमा तयार पारिएको हो ताकि ग्राहकले मोबाईल खरीद गर्नु अघि नै क्यामेरा, साउन्ड क्वालिटी र अन्य विशेषताहरू प्रत्यक्ष अनुभव गर्न सकून्। मुख्य रूपमा ए टु जेड मोबाईल स्टोरले एप्पल एक्स्पेरिएन्स जोन लागू गरेर ग्राहकलाई सेवा, गुणस्तर र अनुभवको नयाँ आयाम प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। यो जोनमार्फत कम्पनीले ग्राहक सन्तुष्टिलाई अझ बलियो बनाउने अपेक्षा लिएको छ।