सुनवर्षीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

<span class='c1'>सुनवर्षीमा सवारी दुर्घटना,</span> <span class='c2'>एक जनाको मृत्यु</span>

विराटनगर । आज (शुक्रबार) साँझ ६:३० बजे मोरङको सुनवर्षी नगरपालिका ३ तल्लो भेलाइ टोलस्थित भित्री पक्की सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्र१-०२-००३त ०७५२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०४-००१प ४०११ नम्बरको २२० सिसिको मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा मोटरसाइकल चालक मोरङ सुनवर्षी नगरपालिका ३ निवासी ३१ वर्षीय भुपेन्द्र कटुवालको टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेको थियो। उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदा राति ८:३७ बजे डाक्टरले मृत्यु भएको घोषणा गरेका छन्।

प्रहरीले ट्याक्टर चालक सुनवर्षी नगरपालिका ४ निवासी २९ वर्षीय संजित कुमार महतोलाई नियन्त्रणमा लिएको छ। साथै ट्याक्टर र मोटरसाइकल समेत प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2