सम्मान सहित विदाई भए विराटनगरको अर्किड कलेजका ५ सय बढी विद्यार्थी

<span class='c1'>सम्मान सहित विदाई भए विराटनगरको अर्किड</span> <span class='c2'>कलेजका ५ सय बढी विद्यार्थी</span>

विराटनगर । विविध रचनात्मक कार्यक्रम गरी विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा विद्यार्थीहरुलाई विदाई गरेको छ ।
कलेजले शनिबार विराटनगरको होटल मनास्लुमा एक भव्य समारोहबीच १६ औं ब्याचका विद्यार्थीहरुलाई सम्मान पत्र सहित विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायका ५ सय ७० जना अध्ययनरत विद्यार्थीहरुलाई विदाई गरेको कलेजका प्रिन्सीपल सिएम श्रेष्ठले जानकारी दिए ।


विदाई कार्यक्रममा कलेजले लिएको आन्तरिक तथा हिसान परीक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरेको समेत गरिएको थियो । प्रमुख अतिथि विराटनगर–१० का वडाअध्यक्ष अर्जुन गिरी, कलेज व्यवस्थापन समितीका अध्यक्ष अमित ढकाल, हिसान कोशी प्रदेश सचिव दिपेश वास्तोलाले विद्यार्थीहरुलाई आगाामी पढाईको यात्रा सफल होस भनि शुभकामना दिएका थिए ।

२ बर्ष सम्म कलेजमा अध्ययन गरेका विद्यार्थीहरुलाई अबको उज्ज्वल भविष्यको कामना गर्दै अर्किड कलेजले सधै सम्झने प्रिन्सीपल श्रेष्ठले उद्घोष गर्नुभयो । अर्डिक कलेजले विद्यार्थीहरुलाई पढाईमा मात्र नभएर खेलकुद, नृत्य ,गायन, हाजिरजवाफ प्रतियोगिता लगायत अन्य विविध क्रियाकलापमा पनि अब्बल बनाएको श्रेष्ठले बताउनुभयो । अर्किड कलेजमा अध्ययन गरेका विद्यार्थी राष्ट्रिय खेलाडी समेत भएर कलेजको नाम रोशन गरेको विदाई कार्यक्रममा प्रिन्सीपल श्रेष्ठले जानकारी गराउनुभयो ।


कलेजबाट विदाई हुने विद्यार्थी शरमिष्ठा लुईटेल र अन्सु बास्तोलाले कलेजमा वितेका दुई वर्षको अनुभव सुनाएका थिए । कार्यक्रममा विद्यार्थीले नृत्य तथा गायन प्रस्तुत गरी कार्यक्रमको सोभा बढाएका थिए । सोहि अवसरमा कलेज स्थापनादेखि हालसम्म कलेजमा अध्यापन गराँदै आएको शिक्षक अजित झा र विष्णु तिवारीलाई कलेजले नगदसहित सम्मान गरेको छ । साथै कार्यक्रममा सहभागी विभिन्न शैक्षिक क्षेत्रका प्रभुद्य व्यक्ति तथा अर्किड कलेजका सम्पुर्ण शिक्षकहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2