विराटनगर । फोटोग्राफर संघ मोरङले नयाँ बर्ष ‘२०८२’ सालको शुभकामना आदानप्रदान गर्दै भित्तेपात्रोको अनावरण गरेको छ ।
विराटनगर ३ मा रहेको थारु कल्याणकरीसभाको भवनमा शनिबार एक कार्यक्रमको आयोजना गरी संघले २०८२ सालको शुभकामना आदानप्रदान गर्दै संघले पहिलो पटक भित्तेपात्रो अनावरण गरेको हो ।
भित्ते पात्रोको कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारीसभा जिल्ला सभापति एंम कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य प्रदिप भगतथारु, फोटोग्राफर संघ मोरङ अध्यक्ष पुरन राई, थारु कल्याणकारी निवर्तमान उपाध्यक्ष कनकलाल चौधरी, फोटोग्राफी एण्ड भिडियोग्राफी प्रतियोगिताका निर्णक निसप ताम्राकारले भित्तेपात्राको अनावरण गरेका थिए । कार्यक्रममा मोरङ जिल्लाभरी रहेका फोटोग्राफरलाई फोटोग्राफी तथा भिडियोग्राफीको प्रतियोगिता आयोजना गरिएको थियो ।
जिल्लाभरी रहेका १६५ जना मध्ये १४ जनाले प्रतियोगितामा सहभागिता जनाएका थिए ।जसमध्ये मुख्य विद्या विवाह तर्फ फोटोग्राफीको प्रथम लेटाङको न्यु पुष्पाञ्जली फोटो स्टुडियो , दोस्रो सानुकाजी फोटो स्टुडियो र तेस्रो एसकी जानकी फोटो स्टुडियो घोषित भएको थियो ।
त्यसैगरी साहायाक विद्या तर्फको पोष्ट वीडिङ्खमा प्रथम लेटाङकै न्यु पुष्पाञ्ली , दोस्रो सानुकाजी र तेस्रो मनोकामना फोटो स्टुडियो घोषित भएको थियो ।
त्यसैगरी भिडियोग्राफी तर्फ प्रथम क्युडी फोटो स्टुडियो , दोस्रो मनोकामना र तेस्रो पुन पुष्पाञ्जली स्टुडियो नै घोषित भएको थियो । विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा संघ अध्यक्षले ट्रफि, दोसल्ला र सम्मानपत्रले पुरस्कृत गरेका गरेका थिए । साथै कार्यक्रममा विराटनगरका हास्य कलाकार पारस थापालाई पनि सम्मान गरिएको थियो । थापाले बर्तमान राजनैतिक परिस्थीती र नेताहरुको क्यारेकेचर गरेर कार्यक्रमलाई थप शोभा बढाएका थिए । हाल मोरङमा १६५ जना भन्दा बढी व्यवसायिक रुपमा फोटोग्राफरहरु सस्थामा आवद्ध भई काम गर्दै आएको संघका अध्यक्ष पुरन राईले जानकारी दिनुभयो । पछिल्लो समय फोटोग्राफीहरु व्यावस्थित नभएको अवस्थालाई मध्यनजर गर्दै व्यवसायिक र उनीहरुको हकहितका निम्ती एक जुट गराएर संघलाई अगाडी बढाउन थालेको राईले बताउनुभयो ।