आशा जगाउँदै विराटनगर : पूर्वाधारमा प्रयास, नहरले लिदैंछ शहरका सडकको रुप

<span class='c1'>आशा जगाउँदै विराटनगर : पूर्वाधारमा प्रयास,</span> <span class='c2'>नहरले लिदैंछ शहरका सडकको रुप</span>

विराटनगर । विराटनगर महानगरपालिकामा विकासको सुस्तता रहेको आलोचना हुने गरेको छ । तर, महानगरपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित जनप्रतिनिधि आएपछि समेत त्यो आलोचनालाई पुष्टि गर्ने आधार भने भेटिदैन ।

दोस्रो कार्यालयको अढाई वर्षको अवधी अर्थात आर्थिक वर्ष २०७९\२०८० देखि २०८१\२०८२ सम्ममा ३० किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । चालु आर्थिक वर्ष सकिदाँ यो बृद्धि भएर ४५ किलोमिटरको हाराहारीमा पुग्ने अनुमान गरिएको छ । यसैगरी ४६ किलोमिटर नयाँ सडकमा ग्राभेल, ४३ किलोमिटर नाला, १७८ वटा कल्भर्ट, ९२ किलोमिटर आरसीसी सडक ढलान र ७५ किलोमिटर रिटेरिङ वाल निर्माण गरिएको विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिएका छन् ।

विराटनगरमा कोशी राजमार्गले शहरको केन्द्रभागलाई पूर्व खण्ड र पश्चिम खण्डमा विभाजित गरेको छ । त्यस्तै विकासमा रोडशेष चौक दक्षिण र उत्तरको भागलाई तुलानात्मक रुपमा विभाजित गर्ने गरिएको छ । महानगरपालिकाले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेको दावी गर्दै आएको छ । दक्षिणी क्षेत्रको डुवानमा कोशी राजमार्गको समानान्तर नाला निर्माणमा गतवर्षदेखि गरिएको प्रयासले वर्षात्मा केहि राहत दिएको छ । त्यस बाहेक सडक पूर्वाधारसँगै ऐतिहासिक तथा धार्मिक महत्वका विराट राजाको दरबार, सँगै रहेको विराट पोखरी, रानी र मण्ठा पोखरीको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको दावी छ ।

शहरको दुई खोला केशलिया र सिंघीयालाई करिडोरको रुपमा विकास गर्ने कार्यको प्रारम्भ भईसकेको छ । केशलिया करिडोरलाई प्रदेश सरकार मातहत राखेर विकास गर्ने कार्यको रुपमा यसको गुरुयोजना तयार भईसकेपनि स्रोत सुनिश्चित भईसकेको छैन । महानगरपालिकाका प्रमुख कोइरालाका अनुसार सिंघीया करिडोरको विकास प्रारम्भका लागि स्थानीय सरकारले बजेट बिनियोजन गरिसकेको बताउँछन् ।
प्रमुख कोइरालाका अनुसार हाटखोला पुलदेखि घिनाघाटसम्म सिंघिया करिडोर निर्माणको योजना अघि सारिएको हो । जसका लागि चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै राजमार्ग पश्चिम विराटनगर–४ देखि १३ नम्बर वडालाई जोड्ने केशलिया–रानी नहरमा कालोपत्रे गर्ने कार्य समेत धमाधम भईरहेको छ । पूर्वतर्फ विराटनगर ३ र १ लाई नहरले छोएको क्षेत्रमा समेत सडक निर्माणको योजना अगाडी सारिएको छ । शहर विस्तारका क्रममा नहरसँग भर परेर विस्तार भएको वस्तीलाई डुबानमुक्त बनाउँदै सडक सञ्जालले जोड्न सुनसरी मोरङ सिंचाई आयोजना अन्तर्गत विराटनगर शाखातर्फको नहर अब शहरको सडकको रुपमा रुपान्तरण गर्ने योजना अगाडी बढाइएको हो ।

विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की क्षेत्रगत रुपमा दक्षिण वा उत्तर र राजमार्ग पश्चिम वा पूर्व भागले विकासमा ओझेल परेको गुनासो गर्नुनपर्ने गरी बजेटको व्यवस्थापन गर्दै आएको बताउँछिन् । उनले दक्षिणमा विकास ओझेल परेको गुनासो निर्वाचनताका नै आएकोले पनि प्राथमिकतामा दिनुपरेको बताउँछिन् । तर, तत्कालिन उपमहानगरपालिकासँग जोडिएको बुधनगर गाविसको भूगोल भएको विराटनगर १८ अझै ओझेलमा रहेकोले योजना निर्माणमा अझै प्राथमिकता जरुरी रहेको उहाँको बुझाई छ ।

नहरले सहरको सडकको रुप लिएपछि विराटनगर–४ राजबंशी चौकदेखि पश्चिम लागेपछि विराटनगर–१३ सम्म सडकको सहज पहुँच हुने विश्वास राखिएको छ । विराटनगर ३ र १ मा फैलिएको नहरलाई सडकको रुपमा विस्तार गर्दै पानीको निकासको योजनाको रुपमा समेटेर कामहरु भईरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2